१० औ ञिङ्मा मोन्लाम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 23, 2018

१० औ ञिङ्मा मोन्लाम सम्पन्न

 

नेपाल बौद्ध ञिङ्मा संघले प्रत्येक वर्ष आयोजना गर्ने ञिङ्मा मोन्लाम प्रणिधान पूजापाठ काठमाडौमा शनिबार सम्पन्न भएको हो । २०६६ साल देखि निरन्तर रुपमा प्रत्येक वर्ष आयोजना गर्ने पुजा यो दशौ पटक हो । पौष शुक्लपक्ष दशमीदेखि अर्थात पौष २ गते २०७५ देखि सुरु भएको बौद्ध स्थित शेर्पा सेवा केन्द्रमा आयोजना भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धि फैलाउन, नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङ्मा संघका अध्यक्ष श्रद्धेय सेङ्डाक टुल्कु रिन्पोछेज्यूले बताउनु भयो ।
दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता दय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भदचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति ,मंगल परिणामना आदिको गरिएको पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परम पूज्य नम्खा रिन्पोछे, परम पूज्य तेङबोछे रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य टुल्कु रिन्जीन पेमा रिन्पोछे, परम पूज्य कोन्छोग छिरिङ रिन्पोछे, परम पूज्य मरकोम रिन्पोछे, परम पूज्य पेमा थरछिन रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे आदिको साथै नेपालमा रहेका विभिन्न जिल्लका गोन्पाहरूबाट हजारौं बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको व्यापक उपस्थिति रहेको थियो ।
पौष दुई गते देखि पुष सात गते अर्थात पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमासम्म सञ्चालन भएको पुजामा नेपाल भरका ४० भन्दा बढि गुम्बाका १४ सय बढि लामा तथा आनीहरु र दैनिक ५ सय बढि भतmजनहरुले सहभागीता जनाएको छ । भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिका र श्रद्धालु भक्तजनहरूलाई चिया, खाजा, खाना अदि वितरण गर्ने कार्यममा उपत्यकामा रहेका ३४ भन्दा बढि संघ संस्थाका दैनिक ४ सय जना स्वंम सेवकले सहयोग गरेको संस्थाका महासचिव आचार्य नुर्वु शेर्पाले जानकारी दिनुभयो ।



from Sherpa media Group Nepal http://bit.ly/2rSa825

No comments:

Post a Comment

Pages