भुकम्पबाट क्षतिग्रस्त सम्पदा समुदाय स्तरबाट जिर्णोद्वार हुनु उदाहरणीयः सत्यमोहन जोशी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 16, 2018

भुकम्पबाट क्षतिग्रस्त सम्पदा समुदाय स्तरबाट जिर्णोद्वार हुनु उदाहरणीयः सत्यमोहन जोशी

२०७२ सालको महाभुकम्पबाट क्षतिग्रस्त जावलाखेल स्थित ताम्रकार वर्गको कुलदेवता उग्रचण्डी माईको मन्दिर ताम्रकारवर्गबाटै जिर्णोद्वार सम्पन्न भएका छन । तीनतल्ले उक्त मन्दिरको दुई तल्ला भुकम्पबाट क्षतिग्रस्त भएपछि उग्रचण्डीलाई कुलदेवता मान्ने ४५० ताम्रकार परिवारबाट प्रति परिवार रु २,०००÷– का दरले चन्दा उठाई उक्त जिर्णोद्वार कार्य पूरा गरेका हुन । करीब २२ लाख खर्च भएको उक्त मन्दिर जिर्णोद्वार कार्यमा नपुग रकम ताम्रकार समाजले बेहोरेका हुन । उक्त जिर्णोद्वार कार्यमा समाजका सदस्यहरुले श्रमदान गरेका थिए । जिर्णोद्वार कार्य सम्पन्न पश्चात क्षमापूजा तथा सम्मान कार्यक्रममा बरिष्ठ संस्कृतिविद, वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीले भुकम्पबाट क्षतिग्रस्त सम्पदा समुदाय स्तरबाट जिर्णोद्वार हुनु उदारणीय भएको बताउनु भयो ।
उहांले कलाकारहरु देशको रत्न भएतापनि राज्यबाट यथोचित सम्मान हुन नसकेको बताउंदै उहांले ताम्रकारवर्ग पनि उच्चकोटीको कलाकारवर्गमा पर्न आउने बताउनु भयो । उहांले संसारका यावत चिज शक्तिबाट संचालित हुने र जिर्णोद्वार सम्पन्न भएको उग्रचण्डी माई पनि एक शाक्त रहेको बताउनु भयो ।
सो कार्यक्रममा शुभकामना मतन्ब्य राख्नु हुंदै ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालले समाजको साथ सहयोग बिना स्थानिय निकाय अगाडी बढन नसक्ने बताउंदै उहांले ललितपुर नगरमा ताम्रकार समाजले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भयो ।
पुरातात्विक महत्वलाई मध्यनजर गरी जिर्णोद्वार गरीएको उक्त मन्दिरमा काठका टुंडालहरु लगायत सुन जलप तामाका सामाग्रीहरु पुरानै लगाएका हुन । मन्दिर जिर्णोद्वारलाई पुरातत्व विभाग तथा केटीपिभीका रोहित रंजितले प्राविधिक सहयोग गरेका थिए । उक्त कार्यक्रममा मन्तब्य राख्नुहुंदै ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले आफ्नो सम्पदालाई संरक्षण, सम्बर्धन आफूले नगरे अरु कसले गर्छ भन्नु हुंदै सम्पदा पुन निर्माणमा सरकार, स्थानिय निकाय, दाताहरुको मुख मात्रै ताक्ने प्रवित्तीको अन्त्य हुनुपर्ने महसूस गरी उक्त जिर्णोद्वार कार्यमा बाहिरबाट सहयोग नलिएको बताउनु भयो ।
उहांले मन्दिरको जिर्णोद्वार कार्यमा सदस्यहरुको ऐतिहासिक सहभागीता रहेको बताउंदै उहांले श्रमदान गर्नुहुने समपूर्ण आभार प्रकट गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथी सत्यमोहन जोशीले जिर्णोद्वारमा श्रमदान गर्ने महानुभावहरुलाई कदरपत्रका साथ सम्मान गर्नुभयो । साथै मन्दिर जिर्णोद्वार कार्यमा सात महिनादेखि निरन्तर खटनु भएका समाजको सम्पदा संरक्षण उपसमितिका संयोजक पवन कुमार ताम्रकार तथा सदस्य रुप बहादुर ताम्रकारलाई विशेष सम्मान गरीएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष विनोद ताम्रकार, महासचिव शम्भु गोविन्द ताम्रकार, पवन ताम्रकार लगायतले मन्तव्य राख्नु भएको थियो । सोही दिन ताम्रकार समाजबाट निर्माण गरीन लागेको सामूदायिक भवनको शिलान्यास समाजका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा सदस्यहरुको समुदास्थितिमा समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारबाट गरिएको थियो ।

The post भुकम्पबाट क्षतिग्रस्त सम्पदा समुदाय स्तरबाट जिर्णोद्वार हुनु उदाहरणीयः सत्यमोहन जोशी appeared first on .



from https://ift.tt/2S2RTCx

No comments:

Post a Comment

Pages