एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् ।
हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा एक हजार १३ जना लाभान्वित भएका गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । अन्ठाउन्न जनाको मोतियाबिन्दु र आँखाभित्र परेला पसेका चार जनाको शल्यक्रिया गरिएको छ ।

त्यसैगरी कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०६ जनाले गाउँमा नै सरकारी सेवा पाएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र आठ जनालाई प्रतिलिपि नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । बत्तीस जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

अठार जनाको जन्मदर्ता, दुई वटा मृत्यु दर्ता, २३ जना महिला र २३ जना पुरुषको तस्बीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले एक वडा एक हेलिप्याड कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ ।

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।
ताकममा सम्पन्न आँखा शिविरबाट भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका बासिन्दालाई शिविरले राहत मिलेको मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएका ताकमका उद्धिमबहादुर भण्डारीले बताउनुभयो ।
हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारीको नेतृत्वमा नेदररल्याण्डका विशेषज्ञ चिकित्सक टर्न रोवर्टसनलगायत १४ जना विदेशी र नेपाली स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो ।

 

 

 

 

The post एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2qUPcHy

No comments:

Post a Comment

Pages