पर्यटन विभागले स्विकारे गल्ती,स्पीड आरोहीको कीर्तिमान ल्हाक्पा गेलुलार्इ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

पर्यटन विभागले स्विकारे गल्ती,स्पीड आरोहीको कीर्तिमान ल्हाक्पा गेलुलार्इ

काठमाडौं, कार्तिक २० । पर्यटन विभागले १४ बर्षअघि बिना आधार पेम्बा दोर्जी शेर्पालाई सगरमाथाको स्पीड आरोहण गरेको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गरेको छ ।
बिना आधार वितरण गरिएको प्रमाणपत्र विभागले रद्द गर्दै स्पीड आरोही ल्हाक्पा गेलु शेर्पालाई सदर मानेको छ । ।

पेम्बाले ८ घण्टा १० मिनेटमा आधारशिविरबाट सगरमाथाको चुचुरो पुगेर आधारशिविर फर्केको भनी विभागले बिना आधार प्रमाणपत्र थमाएपछि पेम्बाको आरोहण झुटा भएको भन्दै ल्हाक्पासहित अन्य आरोहीले सर्वोच्च अदालतमा उजुरी दिएका थिए । उजुरीमाथि छानबिन गरी सर्वाेच्च अदालतले उक्त कीर्तिमान खारेज गर्न आदेश दिएको आजको आनपूर्ण पोस्टमा समाचार छ । सर्वाेच्चको आदेशपछि पर्यटन विभागले कात्र्तिक १५ गते पेम्बा दोर्जी शेपाको प्रमाणपत्र खारेज गरेको हो ।

सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले सगरमाथामा आरोहण गरेको भनी ल्हाक्पा गेलु शेर्पाले कीर्तिमान खोसेको दाबी गरेका थिए । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्र्ने प्रतिवेदनमा सोही अनुसूचीको देहाय खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाँउको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन नभएकाले पेम्बाको कीर्तिमान झुटो ठहर गरी सर्वोच्चले खारेज गरेको थियो।

अदालतका अनुसार विभागले समेत कीर्ते टिप्पणी उठाएर प्रमाणपत्र दिलाएको पाइएको थियो । विश्वकीर्तिमानी आरोही ल्हाक्पा गेलु शेर्पाले कुनै पनि आधार बिना विभागले घुस लिएकै भरमा प्रमाणपत्र थमाएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

‘पर्यटन विभागकै मिलोमतोमा घुस लिएर मेरो विश्वकीर्तिमान खोस्ने कोसिस गरिएको थियो तर सफल भएन,’ ल्हाक्पाले भने । उनले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्वकीर्तिमान राखेका थिए ।

सर्वोच्च अदालतका न्यायशिीश चोलेन्द्र समशेर जवरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले ६ महिनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै कीर्तिमान खारेज गरिएको फैसला सुनाएको थियो। सरकारले खटाएका सम्पर्क अधिकृतले घुस लिएर बिना आधार चुचुरो पुगेको भनी आरोहणको प्रमाणपत्र दिलाएको आरोप लागेको थियो । प्रमाणपत्र हातपारेसँगै पेम्बाले गिनिजबुक अफ वल्र्ड रेकर्डमा स्पीड आरोहीको विश्वकीर्तिमानमा आफ्नो नाम लेखाएका थिए ।

झुठ्ठा र काल्पनिक विवरण पेस गरेर कीर्तिमान कायम गर्नेमा पेम्बा मात्रै नभएर अन्य कीर्तिमानीहरु पनि रहेको पर्वतारोहीहरु दाबी छ । सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र निजकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर देखाइ सगरमाथा आरोहणको दाबी गरी पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए ।पछि विभागले त्यो खारेज गर्योि ।
श्रोत अन्नपूर्ण पोस्ट

The post पर्यटन विभागले स्विकारे गल्ती,स्पीड आरोहीको कीर्तिमान ल्हाक्पा गेलुलार्इ appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2F4Koch

No comments:

Post a Comment

Pages