नेपालीहरुको चाड दिपावली शुरु, आज काग तिहार मनाइँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

नेपालीहरुको चाड दिपावली शुरु, आज काग तिहार मनाइँदै

काठमाडौँ, कार्तिक १९ । नेपालीहरुको महान् पर्व दिपावलीको आजबाट सुरु भएको छ । दिपवालीको पहिलो दिन कागको पुजा गरी मनाइदै छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने तिहार यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहारका दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
श्रोत न्युज अप नेपाल

The post नेपालीहरुको चाड दिपावली शुरु, आज काग तिहार मनाइँदै appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2OqdPoz

No comments:

Post a Comment

Pages