मनिबुम कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 18, 2018

मनिबुम कार्यक्रम सम्पन्न

पशु पंक्षीको आत्माको चीर शान्तिका कामना गदै आएको मनिबुम कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक शेर्पा समाज सेवा काठमाडौंले २०५८ सालदेखि प्रत्येक बर्ष गर्दै आएको मणिबुम पुजा ख निरन्तर गदै आइरहेको छ । संस्थाले बिगतका बर्षमा संस्थामै गर्दै आइरहेको थियो भने यस बर्ष जोरपाटी सुन्दरटोल स्थित कर्मा डुब्क्षेन क्षोलिङ (सेतो गुम्बा ) मा पुजा सम्पन्न गरिएको छ ।
असोज ३१ गते बाट सुरु गरिएको पुजा कात्तिक १गते गुम्बाको प्रमुख लामा श्री पुजनीय गुरु कर्म तन्पाई ग्याल्छेन रिन्पोछे द्वारा अवलोकेतेश्वरको लुङ(अविषेक) प्रदान गरिएको थियो । मन्त्र जप कार्यक्रम सेतो गुम्बाका लामा लगायत भक्तजनको उपस्थिति रहेको थियो । मन्त्र जप माणी बुमलाई अझ बृहत् बनाउने संस्थाको योजना रहेको अध्यक्ष फुरित्ता शेर्पाले बताउनुभयो ।
का दिन प्रतेक घरमा पशु बलि चढाउने भएको हुनाले सबै मृतक प्राणीहरू आत्मको चिर शान्तिका लागि राजधानी लगायत विभिन्न जिल्लामा रहेको गुम्बाहरूमा पनि पूजापाठ गर्ने गरगरिन्छ भने दशैका लागि विक्रीमा रहेका पशुहरूलाई खरिद गरि खुल्ला ठाउँमा छेतार पठाउने गरिन्छ ।



from Sherpa media Group Nepal https://ift.tt/2CQkBmd

No comments:

Post a Comment

Pages