भोलि शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा भोलि !!! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 5, 2018

भोलि शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा भोलि !!!

 

काठमाडौं ,असोज १९( कर्मारिन्जी शेर्पा)- शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा भोलि शेर्पा सेवा केन्द्र बौद्ध ,टुसालमा हुने भएको छ ।
शेर्पा समुदायको ठुलो संस्थाको रूपमा स्थापित शेर्पा सेवा केन्द्रले साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आयव्यय विवरण पेश गर्ने र संस्थाको भावी कार्ययोजना माथि छलफल हुने शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटी शेर्पाले शेर्पा सञ्चार समुहलाइ जानकारी दिनुभयो ।

भोलि हुने साधारणसभामा शेर्पा विद्यार्थी संघ,नेपाल शेर्पा संघ,हिमालयन शेर्पा संस्कृति केन्द्र,शेर्पा सञ्चार समुह लगायत १० वाट शेर्पा संघ संस्थाको प्रतिनिधिहरू उपस्थित हुने शेर्पा सेवा केन्द्रका महासचिव आङ गेल्जेन शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा सेवा केन्द्रको साधारणसभा प्रत्येक दुई बर्षमा हुने र यो साधारणसभा सातौं महाधिवेशन पछिको पहिलो साधारणसभा भएको संचारको महासचिव पासाङ शेर्पासंग अन्तर्वार्ता दिने समयमा अध्यक्ष शेर्पा बताउनुभयो ।अध्यक्ष सोनाम छोटीका अनुसार हाल शेर्पा सेवा केन्द्रमा अमेरिकन शेर्पा एसोसिएसनले प्रदान गरिए एउटा ट्रक ,बौद्ध टुसाल निवासी कर्मा शेर्पा प्रदान गरिएको बिरामी बोक्ने एउटा एम्बुलेन्स र सानो सव बहाना गाडी रहेको र सहयोग गर्ने संघ संस्था तथा महानुभावहरूलाई धन्यवाद ज्ञापन गरिएको छन् ।

चारैतिर दिशाका शेर्पाहरू काठमाडौं बसोबास गर्ने र कतिपय उपचारको क्रममा काठमाडौं मै मृत्यु हुने भएकरकाले मृत्यु हुदा सव राख्ने ठाउँको ठुलो समस्य पर्ने भएकोले सेवा केन्द्रको अवधारणा ल्याइ स्थापन गरिएको शेर्पा सेवा केन्द्रका महासचिव आङ गेल्जेन शेर्पाले बताउनुभयो ।

पहिला एउटा मात्र लास राख्ने ठाउँ थियोे तर हाल तीनवटा लास एकैपटक राख्न मिल्छ र भविष्यमा आझै थप गरि चारवटा बनाउने योजना रहेको पनि महासचिव शेर्पाले जानकारी दिनुभयो ।आउदो दिनमा गेस्ट हाउस बनाउने ,पुरानो किचनलाई मर्मत गरि माथि स्टोर काेठ र तल पार्किङ स्थाल बनाउने , हाललाई इकोस्टम बनाइए एसी बनाउने लगायत भौतिक पूर्वाधारको सुधार गर्ने योजना रहेको महासचिवले बताउनुभयो ।

शेर्पा सेवा केन्द्रमा बुद्ध मिलान केन्द्र ,पुजा हाल ,पार्टी हाल ,प्रथामिक उपचार केन्द्र लगायत विभिन्न स्थानहरू निर्माण गरि शेर्पा समुदायहरूलाई सेवा प्रदान गर्दै आएको छ ।निकाट भविष्य बृद्ध आश्रम पनि निर्माण गर्ने लक्ष्य राखेको पूर्व अध्यक्ष क्या. आङ देण्डीको भनाइ छ ।



from Sherpa media Group Nepal https://ift.tt/2pBYhEh

No comments:

Post a Comment

Pages