खुम्बु–पासाङल्हामु गाउँपालिकाको गुरुयोजना तयार गरिँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 5, 2018

खुम्बु–पासाङल्हामु गाउँपालिकाको गुरुयोजना तयार गरिँदै

विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्य हिमश्रृंखलाहरु, विश्वसम्पदा–सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जलगायत विविध ऐतिहासिक, प्राकृतिक, जैविक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुले सम्पन्न गाउँपालिका हो खुम्बु–पासाङल्हामु गाउँपालिका । साविकको स्थानीय निकाय जुभिङ (वडा नं. १, ५, ७, ८ र ९), चौंरीखर्क, नाम्चे र खुम्जुड गा.वि.स. मिलेर यो गाउँपालिका बनेको छ । यो गाउँपालिका विश्वकै एक महत्वपूर्ण पर्यटनकेन्द्रको रुपमा परिचित छ । पर्यटनक्षेत्रमार्फत विकास र समृद्धिको दिशातर्फ अग्रसर यो गाउँपालिकाले आगामी दिनमा दीर्घकालीन विकासको सोच र दूरदृष्टिका साथ अघि बढ्ने योजना तय गरेको छ । यो गाउँपालिकालाई सुन्दर, सफा, मौलिक, व्यवस्थित, सुरक्षित, आधुनिक, आत्मनिर्भर, सबल, सुविधायुक्त र विकसित गाउँपालिका बनाउन गाउँ कार्यपालिकाको कार्यालयले गुरुयोजना बनाउन लागेको छ ।

गुरुयोजना निर्माण गर्नुभन्दा अगाडि “हामी कहाँ छौं” र “गाउँपालिकाको अहिलेको वर्तमान अवस्था के छ” भन्ने विषयमा विभिन्न पक्षबाट गहिरो विश्लेषण गरिन्छ । यसअन्तर्गत, गाउँपालिकाको सबै क्षेत्र तथा विषयमा तथ्य, तथ्यांक एवं सूचना संकलन गरी विस्तृत विवरण तयार गरिन्छ । जसलाई गाउँपालिकाको प्रोफाइल र स्रोत–नक्शाको रुपमा तयार गरिनेछ ।

आधुनिक प्रविधिको प्रयोगमार्फत घरधुरी सर्भे ( घर–घर गएर तथ्यांक संकलन प्रक्रिया), डिजीटल सर्भे, भ्रमण र अवलोकन, स्थलगत अध्ययन, अनुसन्धान, जियोलोजिकल अध्ययन एवं सर्भे, सल्लाह–सुझाव संकलन, स्थानीय निकाय तथा सरोकारवालाहरु (नगरपालिका, सरकारी तथा गैर–सरकारी निकायहरु र स्थानीय जनता) सँग छलफलमार्फत प्रभावकारी गुरुयोजना निर्माणका लागि आवश्यकीय जानकारी, तथ्य, तथ्यांक र सूचना संकलन गरिन्छ ।

नगर प्रोफाइलमा निम्न कुराहरु पत्ता लाग्नेछ–
गाउँपालिकाको वर्तमान अवस्था (सबै विषयमा तथ्य र तथ्यांकसहित)
अहिलेसम्म भएका समग्र भौतिक संरचना, पूर्वाधार र विकासनिर्माण, मानवीय संसाधनको विकास, सामाजिक विकास, आर्थिक विकास, धार्मिक, सांस्कृतिक विकास तथा वातावरणीय पक्षको अवस्था र विश्लेषण आदि
अहिलेसम्म जनताले पाएको सेवा–सुविधाको अवस्था र सुधारका पक्षहरु
गाउँपालिकाको कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर छ ?
गाउँपालिकाको कुन क्षेत्र केका लागि सम्भावना र अवसर बोकेको छ ?
गाउँपालिकाको सबलपक्ष, सम्भावनाका क्षेत्रहरु, दुर्बल तथा कमजोरपक्ष, समस्या, बाधा–व्यवधान, अवरोध, चुनौती तथा जोखिम के के छन् ?
गाउँपालिकामा स्रोत–साधनहरु, पूर्वाधारहरु के–के, कति छन् र के–कति अभाव छन् ?
गाउँपालिकाको विकासका लागि कुन–कुन क्षेत्रमा के–के कार्य गर्नुपर्ने हो ?
गाउँपालिकाको संस्थागत संरचना, भौतिक, प्राविधिक तथा आर्थिक स्रोत–साधन, नीतिगत तथा कानुनीपक्ष

गाउँपालिकाको प्रोफाइल र श्रोत–नक्शामा समेटिएका तथ्य, तथ्यांक, सूचना, अध्ययन, अनुसन्धान, विश्लेषणको आधारमा स्थानीय जनता र सरोकारवालाहरुसँग सम्वाद, अन्तरक्रिया, समन्वय र सहकार्य गरी गाउँपालिकाको गुरुयोजना निर्माण गरिन्छ ।

गुरुयोजनाले निम्न कुराहरु स्पष्टताका साथ प्रस्तुत गर्नेछ–
गाउँपालिकाको भिजन (परिकल्पना) तथा विषयगत तथा क्षेत्रगत लक्ष्य (उद्देश्य)
गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासका कार्यक्रम तथा परियोजनाहरु र ती कार्यक्रमहरु कार्यान्वयनको खाका (कार्ययोजना र समय–तालिका)
गाउँपालिकाको मानवीय संसाधनको विकास, प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौतिक, प्राविधिक तथा आर्थिक स्रोत–साधनहरुको व्यवस्थापनको कार्ययोजना
व्यवस्थित नगर विकासका लागि गाउँपालिकाको भूमि तथा जमिनको वैज्ञानिक वर्गीकरण, समुचित व्यवस्थापन र भूउपयोग नीति
गाउँपालिकाले जनतालाई दिने सेवा–सुविधामा सुधार गर्नु, जनताको सहजता तथा सेवा छिटो–छरितो बनाउन अवलम्बन गरिने कार्यनीतिहरु
गाउँपालिकाको उत्पादन वृद्धि, आर्थिक वृद्धि, जनताको आर्थिक उन्नति, आय–आर्जनको वृद्धि, रोजगारीको सिर्जना तथा औद्योगिक तथा आर्थिक विकासको रुपरेखा
गाउँपालिकाको लागि आवश्यकीय भौतिक पूर्वाधार निर्माण, पुनर्निर्माण, मर्मतसम्भार र स्तरोन्नतिको खाका
गुरुयोजना कार्यान्वयनका लागि आवश्यकीय नीति नियम, ऐन कानुन

गुरुयोजना निर्माण गर्नुभन्दा अगाडि धेरैभन्दा धेरै जनताहरु तथा सरोकारवाला निकायहरुको अमूल्य विचार र सल्लाह–सुझावको अपेक्षा राखेका छौं । हामीले अनलाइन (इमेल र सामाजिक सञ्जाल) मार्फत पनि विचार र सल्लाह–सुझाव लिने व्यवस्था गरेका छौं । गाउँपालिकाको प्रोफाइल र श्रोत–नक्शा तयार गरी गुरुयोजना तयार गर्नका लागी ग्रीन इन्स्टिच्युट र ड्रिम डेभलपर्स नामक संस्थासँग सहकार्य गरिएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2xXaxnx

No comments:

Post a Comment

Pages