अक्टोवर ८ विश्व शेर्पा दिवस, कुनकुन देशमा कसरी मनाउदै छ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 6, 2018

अक्टोवर ८ विश्व शेर्पा दिवस, कुनकुन देशमा कसरी मनाउदै छ

काठमाडौँ, असोज २० । अक्टोवर ८ विश्व भरि छरिएर रहेका शेर्पाहरुले विश्व शेर्पा दिवसको रुपमा मनाउने भएको छ । ।
पहिलो विश्व शेर्पा भेला २०१७ ले देश विदेशमा छरिएर रहेका शेर्पाहरुले अगष्ठ ८ लाई विश्व शेर्पा दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यसैलाई मध्यनजर गर्दै यस वर्षबाट विश्व शेर्पा दिवस मनाउन लागेको हो ।

विश्वभर छरिएर रहेका शेर्पाहरुलाई एकक्रित गर्न पहिलो पटक नेपालमा विश्व शेर्पा भेला आयोजना गरिएको थियो । ३ दिने भेलाले विश्व शेर्पा दिवसको रुपमा अगष्ठ ८ लाई मनाउने निर्णय गरेको थियो ।
विश्वका विभिन्न देशमा शेर्पाहरुको हक हितका लागि खोलिएका शेर्पा किदुक, संघहरुले यस दिनलाई हर्सौउल्लासका साथ मनाउने तयारी गरि रहेको छ ।

कुन कुन देशमा कसरी मनाउदै छ विश्व शेर्पा दिवस

अमेरिका
शेर्पा किदुक अमेरिकाले विश्व शेर्पा दिवसलाई भव्य रुपमा मनाउने तयारी गरि रहेको किदुकका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनुभएको छ । किदुकले“शेर्पा समाजभित्र रहेको बिकृतिलाई हटाऔँ मौलिक संस्कृति जर्गेना गरौ” भन्ने नाराका साथ दिवस मनाउन लागिएको जानकारी दिनुभयो । अक्टोवर ७ तारिक आइतवार किदुकको सभाहलमा कार्यक्रम गर्न लागेको छ । दिवसमा सहभागीताका लागि सवैमा किदुकले अनुरोध गरेको जानकारी अध्यक्ष शेर्पाले दिनुभयो

युरोप

पोर्चुगल
विश्व शेर्पा दिवसको अवसरमा शेर्पा सोसाइटी पोर्चुगलले अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको जानकारी सोसाइटिका सल्लाहाकार पेम्बा गेलु शेर्पाले जानकारी दिनु भयो । दिवस भव्य रुपमा मनाउने तयारी सोसाइटिले गरिरहेको सल्लाहाकार शेर्पाले भनाइ रहेको छ ।

बेल्जियम
बेल्जियम शेर्पा किदुकले पनि विश्व शेर्पा दिवस मनाउनलाई तयारी गरि रहेको अध्यक्ष आङ दोर्जी सोनाम शेर्पाले जानकारी दिनुभयो । उहाँले किदुकमा दिवस मनाउने कुरा चलि रहेको जानकारी दिनुभएको छ ।

दुवाइ
शेर्पा किदुक दुवाइले पनि दिवस मनाउने तयारी गरि रहेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनु भएको छ । किदुकले अक्टोवर ८ मा नै गर्न नसके पनि एक दुइ दिन पछि सारेर दिवस मनाउने बताउनु भयो । विदेशी भुमिमा समय सवैको मिलाउनु पर्ने भएकोले जानकारी दिनुभयो ।

 

कतार
शेर्पा किदुक दोहा कतारले विश्व शेर्पा दिवस मनाउने तयारी गर्न सकिरहेको छैन किदुकका अध्यक्ष ङवाङ कुसाङ शेर्पाले विश्व शेर्पा सम्मेलन सके लगतै अनलाइन बैठक र संघले गर्ने गतिविधिहरुको बारेमा जानकारी नदिएकोमा गुनासो पोखेका छन । विश्व शेर्पा संघ गठन भयो यो गठनमा मात्र सिमित भएको उपलब्धि हुन नसकेको जानकारी दिनुभयो ।

सिक्कम
डेन्जोङ शेर्पा संघ सिक्किमले विश्व शेर्पा दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी गरको छ ।

यस बर्षबाट मनाउन लागिएको विश्व शेर्पा दिवसले नया रुप लिनेमा देश विदेशमा रहेका शेर्पा किदुक, संघसस्था र बुद्धिजिविहरको राय छ । यसले विदेशी भुमिमा शेर्पा भाषा, कला, संस्कृति संरक्षण एव एकता कायम गर्न महत्वपुर्ण भुमिका निभाउने छ ।
यस दिवसलाई विश्वभरि छरिएर रहेका संघसस्थाले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

 



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2RvyfiS

No comments:

Post a Comment

Pages