कक्षा ११को नतिजा सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 6, 2018

कक्षा ११को नतिजा सार्वजनिक

२० असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए ।
नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।

२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

९२ हजार ५ सय ९३ले जीपीए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जीपीए १.२१ देखि १.६० ल्याएका छन् । आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् ।

आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । अंकतर्फ १५ हजार ३३३ जना उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षाफल रद्ध गरिएको छ । नतिजा http://www.neb.gov.np वा http://neb.ntc.net.np मा हेर्न सकिनेछ । neb symbol no टाइप गरेर १६०० मा एसएमएस ठाउन सकिने बोर्डले जनाएको छ ।

Source:online kahbar



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2yl0tUH

No comments:

Post a Comment

Pages