प्रदेश १ को स्थार्इ राजधानी कुन उपर्युक्त ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 6, 2018

प्रदेश १ को स्थार्इ राजधानी कुन उपर्युक्त ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन सम्पन्न भएसँगै देशका बिभिन्न क्षेत्रमा प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै प्रदर्शन भईरहेका छन । पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरीको धरान र ईटहरी सँगै मोरङको बिराटनगर र गोठगाँउमा स्थाीयले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका गिए । प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भन्दै धनकुटेलीहरु सडक आन्दोलनमा उत्रिसकेका छन् । धनकुटावासीले क्षेत्रीय सदरमुकाम पनि भएकाले धनकुटा नै राजधानी हुनु पर्नेे तर्क राख्दै आएका छन् ।

भौतिक संरचनाले पूर्ण रहेकाले धनकुटाको विकल्प अरु स्थान हुन नसकने उनीहरुको दाबी छ । तर, अन्य जिल्लावासी पनि आ–आफ्नो ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको तर्क गर्दै आएका छन् । मोरङ र सुनसरीवासी पनि आफ्नो ठाउँमा प्रदेशको राजधानी नभएको खण्डमा आन्दोलन चर्काउने तयारीमा छन् । मोरङको बिराटनगरका जनता प्रदेश राजधानीका लागि उपयुक्त संरचना र सुविधा भएको भन्दै स्थार्इ राजधानी बिराटनगरमा राख्नु पर्ने माग राख्दै आएका छन् ।

प्रदेश नं. १ को राजधानी बिराटनगरमा हुनुपर्ने मागसहित नवनिर्वाचित सांसद्हरुले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र समेत बुझाएका छन् । मोरङकै गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको भवनमा अस्थाई प्रदेशको राजधानी राख्न सकिने भन्दै सुन्दरहरैँचावासीले माग गर्दै आन्दोलन चर्काइरहेका छन । सरकारले अहिलेसम्म प्रदेशको पहिलो सभा कहाँ गर्ने भन्ने विषयमा टुंगो लगाएको छैन । निर्वाचनको सम्पूर्ण परिणाम आएको २० दिन भित्रमा प्रदेशको पहिलो बैठक राख्नुपर्ने व्यवस्था छ । सरकारले हालै मात्र शहरी विकास मन्त्रालयका कर्मचारी सम्मेलित एक कार्यदल निर्माण गरेको थियो । जसलाई प्रदेशको पहिलो सभा गर्ने स्थान र प्रादेशिक राजधानीका लागि उपयुक्त संरचनाको खोजी गरी सरकारलाई प्रतिवेदन बुझाउन भनिएको थियो ।
गोठगाँउमा प्रदेश १ को स्थार्इ राजधानी उपयुक्त छ ?

यस अघि मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा रहेको पुर्बाञ्चल बिश्वबिद्यालय रहेको स्थानमा प्रदेश नम्बर १ को राजधानी हुनुपर्नेमा मोरङका ५ वटा नगरपालिका र ३ वटा गाँउपालिकाका मेयर र अध्यक्षहरु सहमत भएका छन । आईतबार सुन्दरहरैचा नगरपालिकामा भएको कार्यक्रममा उर्लाबारी,बेलबारी,पथरी,लेटाङ नगरपालिका तथा मिक्लाजुङ, केराबारी, कानेपोखरी गाँउपालिकाका मेयर र अध्यक्षको बैठकले सहमति गरेको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । ढकाल सहितको टोलीले प्रधानमन्त्री देउवालाई समेत भेटेर ज्ञापनपत्र बुझाईसकेका छन । यस अघि राजाधानीका लागि सुन्दरहरैचा क्षेत्रका स्थानीयले दबाबमुलक कार्यक्रम अन्र्तगत शनिबार मोटरसाईकल रयालीको आयोजना गरेका थिए । सुन्दरहरैचामा रहेका सम्पुर्ण संघसंसस्थाको आयोजनामा रयाली आयोजना गरिएको थियो । रयालीमा बिभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी लगायत हजारौँ नगरवासीहरुको सहभागिता रहेको थियो ।

सुन्दरहरैचा नगरपालिकाको कार्यालय अगाडीबाटरयाली शुरु भई नगरका बिभिन्न भागमा परिक्रमा गरेको थियो । प्रदेश नम्बर १ को स्थार्इ राजधानी गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा नै राख्नुपर्ने सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सामाजिक संजाल फेसबुक मार्फत सबैलाई अपिल गर्दै आएका छन । गोठगाउँ स्थित ८ सय ५ बिगाह क्षेत्रफल रहेको पूर्वाञ्चल विश्वविद्यालयको जग्गा र सो मा प्रसस्त भौतिक पूर्वाधारहरु रहेको उनले बताए । पुर्बाञ्चल बिश्वबिद्यालयले भने गोठगाँउमा रहेको आफनो सम्पत्तिमा यसरी मनपरी गर्न नपाउने र बिश्वबिद्यालयले सो क्षेत्रमा रहेको भौतिक संरचनाको प्रयोग गर्न नपाउने बताउँदै आएको छ । कार्यदलले धनकुटा, इटहरी, बिराटनगर र गोठगाउँमा पुगी त्यस स्थानमा भएको भौतिक संरचनाको अवस्थाको बारेमा समेत अध्ययन गरिसकेको थियाे ।

प्रदेशको स्थार्इ राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरे अनुसार हुने संवैधानिक व्यवस्थामा उल्लेख छ । यो बिषय अब जनताले माग गर्ने भन्दा पनि उयपुत्त ठाँउको पहिचान गरी नियमानुसार सरकारले प्रदेशको स्थार्इ राजधानी तोकेर यो बिवाद समाधान गर्न अलिकति पनि ढिला गर्नुहुँदैन । सबैभन्दा उपयुत्त जुन ठाँउ हो त्यसैलाई प्रदेशको स्थार्इ राजधानी तोकिनुपर्छ । र यो बिवादको समाधान गर्नुपर्छ ।
Source:purbeli news



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2y4t41i

No comments:

Post a Comment

Pages