प्रदेश नं १ को नाम किरात प्रदेश राखे भिम अाचार्यको प्रस्ताव - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

प्रदेश नं १ को नाम किरात प्रदेश राखे भिम अाचार्यको प्रस्ताव

विराटनगर, १५ असोज । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भिम आचार्यले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न सकिने बताएका छन् ।

आज (सोमबार) देखि विराटनगरमा सुरु भएको नेकपा प्रदेश नं १ को संसदीय दलको बैठकमा आचार्यले प्रदेश नं १ को नाम किरात राख्न सकिने बताएका हुन् ।

बैठकमा सहभागी प्रदेश सांसद राजन राईका अनुसार प्रदेश नं १ को नाम किरात प्रदेश राख्नका लागि नेता आचार्यले तत्परता देखाएका हुन् । बैठकबारे फेसबुकमार्फत जानकारी दिदै सांसद राईले यो कुरा उल्लेख गरेका छन् । बैठकमा आचार्यले किरात नेपालको पुरानो सभ्यता र भूगोल भएकोले प्रदेशको नाम त्यही सभ्यताको आधारमा राख्न सकिने बताएका थिए ।


‘पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश नं १ का इन्चार्ज माननीय भिम आचार्यले नेपालको सभ्यता कर्णाली नदी किनारामा विकास भएको खस सभ्यता, बागमती नदी किनारामा विकास भएको सभ्यता र कोशी नदीको किनारामा विकास भएको किरात सभ्यता हो । यसैले किरात जातभन्दा पनि मुख्य रुपमा सभ्यता र भूगोल हो भन्नुभयो,’ सांसद राईले आफ्नाे फेसबुक वालमा उल्लेख गरेका छन्, ‘हामीले भोलिदेखि हाम्रा धारणाहरु राख्नेछौ र प्रदेश नं १ को जनतालाई उपयुक्त निकास दिनेछौ ।’

आचार्यले यसअघि पनि किरात एउटा सभ्यता भएको भन्दै प्रदेशको नाम किरात राख्न सकिने बताएका थिए । नेकपाको प्रदेश नं १ को संसदीय दलको बैठकको अध्यक्षता मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

मुख्यमन्त्री राई पनि किरात प्रदेश नामाकरण गराउने तर यसका लागि सहमति जुटाउने पक्षमा छन् । प्रदेश नं १ को नामाकरणबारे नेकपाको निर्णय निकै महत्वपूर्ण हुुनेछ ।

Source:sarbajanik khabar



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2DMvMhe

No comments:

Post a Comment

Pages