शेर्पा किदुगले प्रधानमन्त्री के पी अोलीलाई भेटी ज्ञापन पत्र बुझाए - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

शेर्पा किदुगले प्रधानमन्त्री के पी अोलीलाई भेटी ज्ञापन पत्र बुझाए

शेर्पा किदुग अमेरिकाका एक प्रतिनिधि मन्डलले गत सेप्टेम्बर २८, २०१८मा न्युयोर्कमा नेपालका प्रधानमन्त्री के पी अोलीलाई भेटी ज्ञापन पत्र बुझाएको छ। राष्ट्रसंघको ७३ अौं महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्कमा आएका थिए। किदुगका अध्यक्ष उर्गेन शेर्पाले ज्ञापन पत्र पढी प्रधानमन्त्रीलाई बुझाएका थिए।

————————————————————————————–

सम्मानीय प्रधानमन्त्री
श्री के. पी. ओली ज्यु
नेपाल सरकार ।

बिषय : ज्ञापन पत्र ।

बिश्व शान्तिको अग्रनायक भगवान गौतम बुद्धको पावन जन्मभुमि तथा बिश्वको सर्वोच्च शिखर सगरमाथाको कारण नेपाल बिश्वमा चर्चित छ । विविध भाषा, धर्म र संस्कृति रुपि सुन्दर फूलहरुको साझा फुलबारी नेपाल संसारकै सब भन्दा सुन्दर मुलुक हो भन्दा अत्युक्ति नहोल़ा । यस गौरवशाली सुन्दर मुलुक नेपालको नाम लिंदा संसार भरी छरिएका नेपालीहरुको शीर ठाडो हुन्छ ।
नेपाल सरकारको केही अदूरदर्शी निर्णयका कारण विगत केही वर्ष यता सगरमाथाको शीर झुकेको छ । बिश्व शान्तिको नायक गौतम बुद्धका अमूल्य शिक्षाहरुको उपहास भएको छ । विविध भाषा, धर्म र संस्कृतिहरु बीचको आपसी सदभाव र सहिष्णुतामा तुषारापात भएको छ ।
त्यसै कारण नेपाल सरकारको तत्काल ध्यानाकर्षणको लागि निम्नानुसारको माग पेश गरेका छौं ।
१. शेर्पा जाति लगायत सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको शुभकार्यहरुमा सगुनको रुपमा प्रयोग गरिने पवित्र अष्टमंगल सहितको खताक माला संबन्धी भ्रामक प्रचार, प्रतिबन्धित गर्ने भन्ने जस्ता अलकाँन्चा अभिब्यक्ति निर्णयहरु, र खताकलाई बिस्थापित गर्न बनाईएका कपडाका टुक्राहरु बौद्ध संस्कृति माथिको अतिक्रमण हो । जातीय सदभाव भड्काउने कारक हो । यसरी खताक माथिको चौतर्फी आक्रमण तुरुन्त बन्द गरियोस् ।
२. हालै देशका विभिन्न भु-भागका गुम्बाहरु माथि लगाईएको विभेदकारी कर तुरुन्त खारेज गरियोस् ।
३. संसार भरीकै बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी बगैंचालाई पुनर्स्थापना र बिकास गर्न गठित लुम्बिनी बिकास कोषमा गैर बौद्ध धर्मावलम्बीहरुलाई नियुक्त अब्यवहाँरिक छ । कार्य बन्द गरियोस् ।
४. शेर्पा लगायत विभिन्न आदिबासी जनजातिहरुको चाड पर्वहरुमा दिईने बिदाहरु कटौती गर्ने कार्य अन्यायपूर्ण छ । विभिन्न जनजातिहरुको चाड पर्वहरुमा पनि बिदाको ब्यवस्था गरेर समानताको अनुभुति दिलाइयोस् ।
५. नेपाल भगवान बुद्धको जन्मभूमि लुम्बिनीलाई देखाउँदै नेपाल सरकारले बिदेशीहरु सामु माग्ने कार्य गरिरहेको छ । तर बुद्धका अमूल्य शिक्षा प्रबर्द्धन र अध्ययन अध्यापन गराउन सकेको छैन । हाल गैर सरकारी स्तरबाट अत्यन्तै महत्वपूर्ण बौद्ध ग्रन्थ प्र ज्ञा पारमिता अनुवाद गर्ने कार्यमा समेत सरकारी सहयोग छैन । यस्ता महत्वपूर्ण ग्रन्थहरुको अनुवाद र प्रचार प्रसार गर्ने कार्यमा सरकारको अविलम्ब ध्यान जाअोस् ।

 

अध्यक्ष                        महासचिब
उर्गेन शेर्पा                   तेन्डी शेर्पा



from United Sherpa Association https://ift.tt/2xR2TLn

No comments:

Post a Comment

Pages