सोलुखुम्बुमा मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

सोलुखुम्बुमा मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र

मौसम खराविका कारण विहिबार फाप्लु विमानस्थलमा उडान हुन सकेन । काठमाडौँबाट लुक्ला एक वटा उडान गरेको भए पनि त्यसपछि विमान आवत जावत हुन सकेको छैन ।
फाप्लुबाट पनि २ वडा हेलिकप्टरले लुक्लाकालागि उडान भरे पनि मौसममा सुधार आउन नसके पछि हेलिकप्टर पनि उड्न नसकेको फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी दिनुभयो ।
लुक्ला विमानस्थलको विकल्पमा रहेको फाप्लु विमानस्थलमा पनि उडान हुन नसक्दा यात्रुभने मारमा परेका छन । पर्यटकिय सिजन भएकाले यो समयमा विदेशि यात्रुहरु सोलुखुम्बुको यात्रामा आउने गरेका छन । उडान नहुदा पर्यटकहरु काठमाडौँमा बस्न बाध्य भएका छन ।

hहिजो भने सोलुखुम्बुको फाप्लु विमानस्थलमा अहिले विमानको चाप बढेको थियो । लुक्लाको मौसम खराबिका कारण लुक्ला जाने विमान फाप्लुमा अवतरण गरिएकाले चाप बढेको हो ।
काठमाडौबाट लुक्काकालागि उडेका विमान फाप्लुमा अवतरण हुने गरेका थिए । उक्त बिमानबाट आएका यात्रुलाई हेलिकप्टर मार्फत लुक्ला बिमानस्थल लैजाने गरेका थियो ।

तस्बिर: Pasang Tshering Sherpa को फेसबुक बाट



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2ICKk1v

No comments:

Post a Comment

Pages