शेर्पा किदुकको नमुना कार्य: ज्याक्सन हाइट्सको सरसफाइ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

शेर्पा किदुकको नमुना कार्य: ज्याक्सन हाइट्सको सरसफाइ

न्यूयोर्क । युनाइटेड शेर्पा एसोसिएसन ( शेर्पा किदुग)ले नेपालीहरुको बसोबास रहेको स्थान ज्याक्सन हाइट्सको सरसफाइमा गरेको छ ।

न्यूयोर्क सिटी अन्तर्गतको सिटी काउन्सिलका स्थानीय नेता डेनियल ड्रमको नेतृत्वमा किदुकले ज्याक्सन हाइट्सको सफाइ गरेको अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनु भयो ।

गत सेप्टेम्बर ३० आइतबार आयोजना गरेको सरसफाइ कार्यक्रममा स्थानीय नेता डेनियल ड्रमको नेतृत्वमा १ सय ५० जना नेपालीभाषीहरु कुचो, साबेल र फोहोर संकलन गर्ने डब्बासहित उत्साहका साथ सरसफाइमा जुटेका थिए ।

‘सरकारबाट हामीले के पाउँछौं हैन के दिन सक्छौं भनी बसोवास गर्ने सहर सफाइमा जुटेका हौं,’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा जानकारी दिनुभयो ।

बढ्दो नेपाली जनसंख्यासँगै ज्याक्सन हाइट्समा फोहोर पनि बढ्दै गएकोमा काउन्सिल मेम्बर डेनियल ड्रम चिन्तित देखिएपछि युनाइटेड शेर्पा एसोसिएसनले सफा गरी दिने वाचा गरेको थियो । डिपार्टमेन्ट अफ स्यानिटेसनसँग सल्लाह गरी सरसफाइका लागि जम्मा ४० स्वयंसेवकहरु आह्वान गरिएकोमा १ सय ६१ नेपालीभाषी दाजुभाइ, दिदीबहिनीहरु झाडु लाउन तयार भएर आएका थिए ।

काउन्सिल मेम्बर ड्रम आफैँ स्वयंसेवकहरु सँगै खटिएका थिए भने कम्युनिटी बोर्ड मेम्बर मोहन ज्ञवाली, तामाङ सोसाइटी अफ नर्थ अमेरिका, मुस्ताङ समाज, मगर संघ अमेरिका, वालुङ किदुग, ग्याल्सुम्दा सेवा संस्था, ह्योल्मो सोसाइटी, हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसएका प्रतिनिधि र फिप्नाका पदाधिकारीहरुसमेत शेर्पा किदुगलाई साथ दिन आएका थिए ।

काउन्सिल मेम्बर ड्रमले यो कार्यक्रम अहिलेसम्मकै प्रभावकारी र नमूना कार्यक्रम भएको भन्दै शेर्पा किदुग बोलेर होइन गरेर देखाउने संस्था भएको प्रतिक्रिया दिएका थिए ।
श्रोत, विश्व न्युज



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2xYQ8yp

No comments:

Post a Comment

Pages