मनास्लु हिमालमा आरोही बेपत्ता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

मनास्लु हिमालमा आरोही बेपत्ता

गोरखा — मनास्लु हिमाल आरोहण गरेर फिर्दै गरेका एक आरोही बाटैमा बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लुबाट फर्कंदा चेक रिपब्लिकका ४३ वर्षीय रोमन लाब्को बेपत्ता भएका हुन् ।

माउन्ट ट्रेक्सन नेपाल संस्थाबाट आरोहणका लागि आएका उनी गत शनिबारबाट बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘एक नेपाली गाइड र चार चेकरिपब्लिकका नागरिक मनास्लु गएका रहेछन्,’ एसपी विमल बस्नेतले भने, ‘शनिबार चार जनामात्र पहिलो बेसक्याम्पमा आइपुगेछन् ।’ समूहका गाइड भीमलाल तामाङले बुधबार रोमन अझै सम्पर्कमा नआएको जानकारी प्रहरीलाई गराएका हुन् ।

सेप्टेम्बर–अक्टोबरलाई मनास्लु हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिन्छ । ९ देखि ११ समूहका पर्यटक हिमाल आरोहणका लागि गएका स्थानीयले बताएका छन् । नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र साउथ अफ्रिका लगायतका नागरिक मनास्लु आरोहण गर्न आएका छन् । ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लुलाई साहसिक आरोहीले प्राथमिकता दिने गरेका छन् ।

-kantipur daily



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2BXjRud

No comments:

Post a Comment

Pages