खुम्बुमा नयाँ नियम लागु , ट्रेकिङ ब्यबसायीको आपत्ति - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 21, 2018

खुम्बुमा नयाँ नियम लागु , ट्रेकिङ ब्यबसायीको आपत्ति

४ कार्तिक २०७५ काठमाडौं

खुम्बु क्षेत्रमा अब प्रतिदिन एउटा रुमको रु. ५००/- अनिवार्य तिर्नु पर्ने नियम यसै असोज २५ गतेबाट लागू गरिएको छ । टिम्सलाई बहिस्कार गरि गाउँपालिकाले प्रतिब्यक्ती रु.२०००/- को दरले उठाईरहेको बेला, खुम्बु होटल संघले फुङ्की टाङ्ग देखि   बेसक्याम्प सम्म प्रती दिन प्रती कोठा रु. ५००/- अनिवार्य तिर्नुपर्ने बाध्यतत्मक ब्यबस्था लागू गरिएको छ ।
नाम्चे देखि बेसक्याम्प गएर फर्कन सामान्यतया ६ दिन सम्म लाग्छ । त्यसो हुँदा अब एक जना मात्र टुरिष्ट गुम्न जाने हो भने नाम्चेबाट सगरमाथा आधारशिबिर पुगेर नाम्चे आईपुग्न ६ दिनको रु. ३,०००/- रुपियाँ सुत्नको लागि मात्र खर्चनु पर्ने हुन्छ । यो भन्दा पहिला सामान्यतया एउटा रुमको रु.३००/- सम्म तिर्नु पर्ने हुन्थ्यो । यो ब्यबस्थाको लागू सगै अब ५०% होटल र ५०% रकम खुम्बु होटेल संघको खातामा जाने पाङ्बोचेका एक होटल ब्यबसायीले बताउनु भयो ।

यो ब्यबस्थाको ट्रेकिङ ब्यबसायीहरुले भने बिरोध गरेका छन । धेरै जसो ट्रेकिङ एजेन्सीहरुले यो ब्यबस्थाले पर्यटन क्षेत्रमा नकारात्मक असार पर्ने जनाएका छन । तर यो ब्यबस्थाले त्यस क्षेत्रमा होटेल ब्यबसायिले आफुखुसी रुम चार्ज लिने मनपरितन्त्रको भने अन्त्य भएको छ ।

यस  क्षेत्रमा यो ब्यबस्था लागू भएता पनि एक जना मात्र गुम्न आउने पर्यटकलाई होटल ब्यबसायीले रुम दिन आनाकानी गरि ” अतिथि देबो भब ” हाम्रो नेपाली मुल्यमान्यतालाई आपमान गरि पर्यटकलाई अपठ्यारोमा परेको एक ट्रकिङ गाइडले बताउनुभयो  ।



from Sherpa media Group Nepal https://ift.tt/2AlDiM1

No comments:

Post a Comment

Pages