हिमालयले पायो चीनमा उडान अनुमति,काठमाडौंबाट चोङकिङ नयाँ गन्तब्य - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 19, 2018

हिमालयले पायो चीनमा उडान अनुमति,काठमाडौंबाट चोङकिङ नयाँ गन्तब्य

नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलाइन् को जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः ०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो । ‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो, हामी एक पाइला अगाडि सर्न पाउँदा एकदमै हर्षित छौं, यो उडानको सुरुवातसँगै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने। बेइजिङ, हाएकाउ, नान्चाङमा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ। नेपाली एयरलाइन्सले चीनमा उडान अनुमति पाउन मुस्किल छ । चोङकिङमा विदेश यात्रा गर्ने मानिसहरु प्रशस्त रहेको कम्पनी बताउाछ । चोङकिङबाट विदेश यात्रामा निस्कने यात्रुको संख्या प्रशस्त हुने भएकोले कम्पनीलाई उडान भर्न समस्या नहुने कुरामा विश्वस्त रहेको श्रेष्ठ बताउँछन् । चीनको पाँच केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई, ग्वाङजाउ र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहाँ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्र्रको रुपमा पनि रहेको छ । नेपाल चिनियाँ पर्यटकका लागि आफ्नो फुर्स्दिलो समय बिताउने आर्कषक नयाँ गन्तव्य बन्न थालेको छ । विगत दुई बर्षमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरुको तथ्यांकले यो कुरा पुष्टि गर्छ । २०७३ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यून स्तरमा पुगेको थियो । त्यसपश्चात नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन् । चोङकिङ(काठमाडौंवीच सीधा हवाई सम्र्पकसँगै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नयाँ र व्यापक रुपमा आफ्नो योगदान र्पुयाउने आशा कम्पनीले राखेको छ । साथसाथै, एअरलाइन्सले चीनसँग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमा, अन्य शहरहरु बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ ।
साभार अनलाइन खबर

The post हिमालयले पायो चीनमा उडान अनुमति,काठमाडौंबाट चोङकिङ नयाँ गन्तब्य appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2S4zW7l

No comments:

Post a Comment

Pages