बैदेशिक राेजगार उद्धार नेपालले इराकमा बेचेकी दुई महिलाको उद्धार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 23, 2018

बैदेशिक राेजगार उद्धार नेपालले इराकमा बेचेकी दुई महिलाको उद्धार

कर्मारिञ्जी शेर्पा,०७ साउन, काठमाडौ ,

सिन्धुपाल्चोक लिसङ्खुकी बसुरानी लामालाई इराकको बग्दाद, रूकुमको भूमेगाउँपालिका ४ का सुबित बूढामगर र निजको श्रीमती पूजा गुरूङलाई इराकको कुर्दिस्तान सुलेमानीबाट उद्धार गरि आज नेपाल तामाङ घेदुङकाे कार्यालय,टुसालमा पत्रकार सम्मेलन गरिएको छ ।
उनीहरूलाई भोक भोकै चरम श्रम शोषण गरेको र अलपत्र पारिएको अवस्थमा वैदेशिक रोजगार उद्धार नेपालकाे इराक प्रतिनिधि डुप्चेन सलका ,कुर्दिस्तान प्रवासी नेपाली समाज , नेपाल महिला समाज कुर्दिस्तान , इराकी संस्था एफडब्लुसीडीओका अध्यक्ष हाजार म्हामद लगायतको सहयोगमा बसुरानी लामालाई भदौ ३१ गते ,सुबित बूढामगरलाई साउन २० गते र पूजा गुरूङलाई भदौ २१ गते उद्धार गरि नेपाल ल्याइएको छन ।


घरको आर्थिक अवस्थ कम्जोर भएको कारण बसुरानी लामालाई मिलन वाइवले भरत ,सिलाङ,दुवाईको बाटो हुदै इराकको बग्दादमा पुर्‍याएको बताउनुभयो । उहाँले आसु झार्दै आफूलाई सिम कार्ड, मोबाइल फोन सबै खोसिएको र बिरामी हुदा पनि भोक भोकै रात दिन काम गर्नुपर्ने बताउनुभयो । उनीलाई दुवाई पठाउने भनेर ८ हजार डलरमा धादिङबेसीकाे देव गुरूङले बचेको बताउनुभयो । त्यस्तै दैनिक १७-१८ घण्टा लगातार काम गर्नुपर्ने उनीहरूले जे गर भनियो त्यही गर्नुपर्ने र सबै कागज पत्र काप्जा गरिएको कारण पटकपटक जेलमा परेको पनि पूजा तामाङले बताउनुभएको छ
अपराध महासंघमा उजुरी गर्दा पनि प्रमाण खोजेको कारण आफूहरूलाई न्याय चाहिएको पीडितहरूले बताउँदै सम्पूर्ण उद्धार गर्न सहयोग गर्ने संघ संस्था र व्यक्तिलाई धन्यवाद दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै वैदेशिक रोजगार उद्धार नेपालको अध्यक्ष इन्द्रलाल गोलेले मोटो रकम लिएर मानव बेचबिखन गर्ने चेलीबेटी र ओसारपसार गर्ने व्यक्तिलाई फासीको सजाय हुनुपर्ने सरकारसंग माग गरिएको छ ।न्याय दिने प्रहरी प्रशासन आलटाल गरि विभिन्न बहाना बनाउने र आशवसान मात्र दिने गरेको त्यस्तै दलालहरूले पनि पटकपटक धम्काउने गरेको बताउनुभएको थियोे ।

यस अगाडि पनि पटकपटक बेचिएको समाचारहरू प्रकाशित हुने गरेको छ । हाल पीडितसंग अझै इराक १२ – १३ जान फासी रहेको बताउनुभयो । पीडितहरूका दलालहरूले विभिन्न प्रलोभन देखाएर विदेशी भुमिमा श्रम तथा यौन शोषणमा बेच्ने हुदा कोही पनि यस्तो लोभमा फस्न नहुने बताउनुभएको थियोे ।



from Sherpa media Group Nepal https://ift.tt/2zorh89

No comments:

Post a Comment

Pages