तेस्रो महाअधिवेशन सम्पन्न ,अध्यक्षमा पासाङ शेर्पा निर्वाचित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 23, 2018

तेस्रो महाअधिवेशन सम्पन्न ,अध्यक्षमा पासाङ शेर्पा निर्वाचित

शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुका पासाङ शेर्पा अध्यक्षमा निर्वाचित भएको छ । आइतबार कोरियाको सियोलको नेपाल हाउस, सौल दोंग्म्यो स्टेशनमा सम्पन्न महाधिवेशनबाट सात सदस्यि कार्यसमिति चयन गरेको हो । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ भन्ने नारा सहित सम्पन्न भएको महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्ष्ँमा भोजपुरका दोर्जी शेर्पा ,महासचिवमा दोलखाका थुतुङ गेल्जे शेर्पा ,सचिवमा भोजपुरका ओङछु शेर्पा,कोषध्यक्ष्ँमा रामेछापका लाक्पा शेर्पा सह कोषध्यक्ष्ँमा संखुवासभाका तेम शेर्पार सदस्यमा रामेछापका सोनाम शेर्पा गरी सात सदस्यि कार्यसमिति चयन भएको संस्थाका वर्तमान महासचिव थुतुङ गेल्जे शेर्पाले जानकारी दिनुभयो । आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष्ँ मालिका थकालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको संस्थाका निवर्तमान सचिव र हालका महासचिव थुतुङ गेल्जे शेर्पाले जानकारी दिनुभयो ।


कार्यक्रममा सभाध्यक्षको भुमिका संस्थाका निवर्तमान अध्यक्ष्ँ सेर साङबो शेर्पाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाको कार्यप्रगति प्रतिवेदन संस्थाका सचिव थुतुङ गेल्जे शेर्पाले प्रस्तुुत गर्नुभएको थियो भने कोषको प्रतिवेदन संस्थाका कोषध्यक्षमा नुरु निमा शेर्पाले गर्नुभएको थियो । संस्थाले आफ्नो गतिविधीहरुमा सहयोग गर्ने व्यतिm तथा कलाकारहरुलाई सम्मान समेत गरेको थियो । रोजगारी तथा अध्ययन तथा विभिन्न शिलसिलामा कोरियामा गएर बसेका शेर्पा २०११ मा शेर्पा संघ दक्षिण कोरिया स्थापना गरेका थिए । संस्थाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा परोपकारि कार्य गर्दै आएको छ । हाल कोरियामा ७० भन्दा धेरै क्रियाशील सामाजिक संघ संस्था रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2MVugZu

No comments:

Post a Comment

Pages