नेपालको परराष्ट्र नीति सुधार गर्न संसादहरुको माग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 23, 2018

नेपालको परराष्ट्र नीति सुधार गर्न संसादहरुको माग

सांसदहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आईतबारको बैठकमा समितिका सदस्यहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । समितिका सदस्य पुष्पा भुसालले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारस“ग आग्रह गरिन । सदस्य भुसालले समितिले मुुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यक्ता भएको बताइन । त्यस्तै अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने बताउदै समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने तर्क बताए । बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल) ले मुलुकको समृद्धिको मूल आधारको रुपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका विषयमा सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

The post नेपालको परराष्ट्र नीति सुधार गर्न संसादहरुको माग appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2OJiDq1

No comments:

Post a Comment

Pages