अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 13, 2018

अमेरिकाको न्यूयोर्कमा हुन लागेको दोश्रो नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ को तयारी पुरा ।

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)ले आयोजना गरेको दोश्रो आदिबासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को तयारी पुरा भएको छ ।

यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जानकारी न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ किदुगको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपालको आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रितिरिवाजहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले आदिवासी जनजातिहरुको चलचित्रको विकास र बजार प्रवद्र्धन गराउन मद्दत पुर्याउने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र संस्कृतिलाई लिपीवद्ध गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेशमा २ दिनसम्म चल्ने महोत्सवमा ९ वटा चलचित्र, ३ वटा छोटो चलचित्र, २ वटा वृत्तचित्र र छनौटमा नपरेका विभिन्न समुदायको छोटो चलचित्रको विशेष प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फिप्नाले चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ लाई निष्पक्ष र विवादरहित बनाउन सञ्चार क्षेत्र, अधिकारकर्मी र कला र संस्कृति क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरु सम्मिलित चलचित्र निर्णायक समिति (जुरी) बनाएको फिप्नाका अध्यक्ष रानामगरले जानकारी दिए । महोत्सव संयोजक विष्टका अनुसार सञ्चारकर्मी शैलेश श्रेष्ठ संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा शम्भु मोक्तान, रोज मोक्तान, लिला राई, छिरिङ रिञ्जिन गुरुङ रहेका छन् । त्यस्तै छोटो चलचित्र तथा वृत्तचित्र छनौटको लागि फिप्ना सभामुख विनोद पोमोको संयोजकत्वमा नेपाल अमेरिका पत्रकार संघका (नेजा)का कोषाध्यक्ष मच्छे देवी गुरुङ र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन रहेको ३ सदस्यीय निर्णायक समिति गठन गरेको फिप्नाले जनाएको छ । महोत्सवमा गुरुङको भेडीगोठालो, तामाङको सेम कि तम, नेवारको स्वयनगु, मगरको रैया, राईको यारी, शेर्पाको टिन्छेन फमा, लिम्बुको साम, मनाङको मनाङ्गे नानी, याक्खाको ओम्लाको प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै महोत्सवमा छनौटमा परेका चलचित्रहरुलाई विभिन्न १० वटा विधामा विभिन्न अवार्डसहित उत्कृष्ट चलचित्र तथा वृत्तचित्रलाई नगद पुरस्कार दिइने भएको छ । उत्कृष्ट चलचित्रले एक लाख २५ हजार रुपैयाँ र अवार्ड, उत्कृष्ट छोटो चलचित्र तथा वृत्तचित्रले ३१, ३१ हजार नगद रुपैयाँ र अवार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । फिप्नाका महासचिव पे्रम गुरुङले महोत्सवमा विभिन्न जातीय साँस्कृतिक कार्यक्रम तथा विभिन्न जातजातिको कला र संस्कृति झल्कने विभिन्न प्रस्तुति समेत रहने जानकारी दिए ।

यो प्रस्तुतिमा विभिन्न दर्शकहरुको मतको आधारमा उत्कृष्ट प्रस्तुति गर्ने समूहले ५ सय डलरको नगद पुरस्कार प्राप्त गर्ने महासचिव गुरुङको भनाइ छ ।
श्रोत, एभरेष्ट टाइम



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2zkgAp5

No comments:

Post a Comment

Pages