२४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 12, 2018

२४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा सम्पन्न

रोजगारीका लागि युएई पुगेका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्यताका साथमा मनाएका छन् । गत साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रममा २४ औ अन्तराष्ट्रीय विश्व आदिवासी दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघ युएई शाखाका अध्यक्ष पासाङ शेर्पाले बताएका छन् ।

प्रमुख अतिथीबाट दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान र आदिवासी गानबाट शुरु भएको औपचारिक कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले संचालन गरेको थियो । जातिय संस्थाहरुको एक पछि अर्को झाँकीले हलको परिक्रमा पछि कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ्ग तामाङले राखेका थिए । कार्यक्रमको अध्यक्षता पासाङ शेर्पाले गरेका थिए । कार्यक्रममा युएईका कार्यवाहक राजदुत महामहिम सागर फुयाल प्रमुख अतिथी, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, एन आर एन ए युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेफिन युएईका प्रमुख संरक्षक डेरराज गुरुङ, नेफिन युएईका संरक्षक समिती सदस्य प्रमोद श्रेष्ठ, नेफिन युएईकै संरक्षक सदस्य तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, आशा फाउन्डेसनकि अध्यक्ष आशा लामा, नेपाली सोसल कल्वकी सल्लाहाकार उना लामा, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज वस्याल, नेपाली बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, नेपालबाट फोटो पत्रकार प्रदिप कुमाल लगायतको विशेष अतिथीहरुको रुपमा उपस्थिति रहेको थियो भने नेपाल मगर संघ शाखा युएई, तमु समाज युएई, तमाङ समाज युएई, किरात राई यायोक्खा युएई , किरात याक्थुङ चुम्लुङ युएई, नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिती युएई, सुनुवार समाज सेवा समिती युएई र प्रवासी माझी समाज सेवा युएईका प्रमुखहरु लगायत युएईमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुखहरु, बुद्धिजीवी , पत्रकार र व्यवसायीहरूको उपस्थित रहेको थियोे ।

कार्यक्रममा प्रमुख आतिथि रहेका नेपाली राजदुतावास अबुधाबीका कार्यबाहक राजदुत सागर फुयालले नेपालीहरूको मौलिक संस्कृति वास्तवमा आदिवासी जनजातिकै संस्कृति भएको र नेपालमा पर्यटन प्रवर्द्धनमा समेत यस्ता कार्यक्रमले टेवा पुर्याउने बताउनु भयो, साथै वहाँले छिट्टै दुतावासले यस्तै पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम आयोजना गर्ने र त्यसमा व्यापक सहभागीता जनाउन नेपाल आदिवासी जनजाति महासंघ लगायत अन्य संस्थाहरुलाई आवहान समेत गर्नु भयो । युएई सरकारले अवैध रूपमा युएईमा रहेकाहरुलाई आममाफी दिइएको हुँदा यो अवसरको सदुपयोग गर्न पनि उनले आग्रह गरेका थिए ।

बिशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले आदिवासी जनजातीहरुले उठाएको हरेक जायज मुद्दाहरु सरकारले छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए । त्यस्तै अर्का बिशेष अतिथि महासंघका प्रमुख संरक्षक डेरराज गुरुङले उत्पीडित, अल्पसंख्यक र आदिवासी जनजातिहरुको हक र अधिकारको लागि संयुक्त राष्ट्र संघले १९९४ मा आदिवासी जनजातीहरुलाई सुचिकृत गरी हक अधिकारका लागि लडन मद्दत गरेको बारे चर्चा गरेका थिए ।

कार्यक्रममा हालै भुवन थापा मगरको नेतृत्वमा गठन गरिएको नेपाल आदिवासी जनजाती कलाकार संघका नयाँ कार्यसमितिको घोषणा गरिएको थियो । त्यसै गरि अगस्ट ३ तारिक अनिष तामाङको नेतृत्वमा गठन गरिएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको पनि निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र सहित आधिकारिक घोषणा गरिएको थियो । महासंघका प्रमुख संरक्षक डेरराज गुरुङलाई आदिवासी जनजातिहरुको हितमा विशेष योगदान पुर्याए बापत अध्यक्ष र प्रमुख अतिथीको हातबाट ताम्रपत्रले विशेष सम्मान गरिएको थियो भने आ-आफ्नो संस्थामा विशेष योगदान पुर्याए बापत आवद्द ११ वटै संस्थाबाट सिफारिस भै आएका २२ जनालाई समेत सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा शेर्पा किदुग युएईका संस्थापक उपाध्यक्ष निमा शेर्पालाई पनि कार्यवाहक राजदुतबाट सम्मान सहित विदाइ गरिएको थियो ।

औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा युएईमा कार्यरत सबैको सहयोग र व्यापक सहभागीताका कारण कार्यक्रम भव्य रुपमा सफल भएको प्रतिक्रिया दिदै महासंघ युएई का अध्यक्ष शेर्पाले आमन्त्रित अतिथिहरु, कलाकारहरु, पत्रकारहरु, ११ जातीय संस्थाका प्रतिनिधिहरु, प्रायोजकहरु र सहभागी सबैमा आभार प्रकट गर्नु भयो साथै चाहे जनजाति होस वा जनैजाति होस सबैले एक अर्काको सहअस्तित्व स्विकार गर्दै हातेमालो गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिदै औपचारिक कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रमको दोश्रो सांस्कृतिक भागको संचालन नेपाल आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष बिजय लक्ष्मी राई र फोनिज युएईका सदस्य तिलक साम्पाङ राईले गरेका थिए । आ-आफ्नो मौलिक भेषभुषामा सजिएर आएका सातै वटा इमिरेट्सका दर्शकहरूले हल भरिएका थियो भने ११ वटै जातीय संस्थाले आ आफ्नो मौलिकता झल्किने स्टल राखेर दर्शकहरुलाई स्टलको विस्तृत जानाकारी उपलब्ध गराएका थिए । नेवा पुच युएईले इन्द्र जात्रामा प्रदर्शन गरिने हात्ती र इन्द्रको कथा सहितको झाकी प्रदर्शनी गरेका थिए, शेर्पाहरुको स्याब्रु, मगरहरुको कौडा, थारुहरुको डन्डी नांच, गरुङहरुको रोधी, तामाङ सेलो, भुजेली नाच, लिम्बुहरुको धान नाच, राइहरुको साकेला सिलि तथा सुनुवारहरुको स्यादर सिलि झाँकीहरुको बेजोड प्रस्तुती रहेको झाँकीहरु मध्य उत्कृष्ट झाकीको विजेता नेवा पुच युएई र उत्कृष्ट स्टलको विजेता तामाङ समाज युएई भएको थियो ।

प्रवासमा आदिवासी जनजाति युवाहरुमा पनि आफ्नो मौलिकता र नेपाल आदिवासी जनजाति महासंघले उठाएको मुद्दाहरु अझ शसक्त रुपमा बुझाउन उठाउन मिस इन्डिजिनियस र मिस्टर इन्डिजिनियसको प्रतियोगिता समेत राखिएको थियो जसमा किरात याकथुङ चुम्लुङ युएईका राजन लिम्बुले मिस्टर इन्डिजिनियस २०१८ र तामाङ समाज युएईकि ओसिन ब्लोन तामाङले मिस इन्डिजिनियस २०१८ को उपाधी जितेका थिए । उपाधी विजेतालाई साल भरी नै नेपाल आदिवासी जनजाति महासंघ युएईले संस्कृतिकदुतको रुपमा प्रवर्द्धन गर्ने समेत अध्यक्ष शेर्पाले बताएका छन छन ।

अनौपचारिक कार्यक्रममा नवगठित नेपाल आदिवासी जनजाति कलाकार संघका कलाकारहरुले विविध मनोरञ्जनात्मक नृत्य र गीतहरुको प्रस्तुति दिएर कार्यक्रमलाई संगीतमय बनाउदै दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । युएई प्रवासमा नेपालीहरूको संस्कृति, परम्परा र रितिरिवाज जिवन्त राख्ने सवालमा नेपाल आदिवासी जनजाति महासंघ युएई अव्वल रहेको भन्दै दर्शक र विश्लेषकहरुले समेत सामाजिक संजाल मार्फत प्रशंसा गरेका छन ।

 

The post २४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा सम्पन्न appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2w0WEmj

No comments:

Post a Comment

Pages