प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित नेपाल मिडिया सोसाइटीका पदाधिकारीलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 12, 2018

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित नेपाल मिडिया सोसाइटीका पदाधिकारीलाई

प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल मिडिया सोसाईटीका पदाधिकारीले आमन्त्रण गरेर खादा ओढाएर स्वगात गर्दै बधाई दिन’भएको हो । सोसाइटीको पदाधिकारीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान मिडिया क्षेत्रले रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । नागरिक स्वतन्त्रताका आफ्नो सम्पुर्ण जीवन समर्पित गरेको प्रधानमन्त्रीले कुनै पनि प्रकारका नागरिक अधिकारलाई बढी व्यवहारिक रुपमा प्रत्याभुति गर्ने प्रतिवद्धता उहांले व्यक्ति गर्नुभयो । प्रधानमन्त्री तथा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गर्दै सोसाइटीको अध्यक्ष शुभशंकर कंडेलले मिडियालाई विशेष उद्योगको दर्जा दिलाएर मिडिया क्षेत्रको सम्मान गर्न अनुरोध गनुभएको थियो । प्रधानमन्त्री ओलीको देश विकासको नियतमा कुनै पनि समस्या नभएपछि सरकारले त्यस दिशामा प्रदर्शन गर्न नसकेकोमा अध्यक्ष कंडेलले स्मरण गराउनुभयो । सोसाइटीको पुर्व अध्यक्ष कैलाश सिरोहियाले सरकारको मिडिया मैत्री सम्वन्धी कुरा बोलीमा मात्र नभएर व्यवहारमा उतार्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो । बधाई कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल र प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालय सहितका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

The post प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित नेपाल मिडिया सोसाइटीका पदाधिकारीलाई appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2nw8IrS

No comments:

Post a Comment

Pages