सरकार सफल र असफल भयो भनेर समिक्षा गर्ने दिन आएको छैन: माननीय हेमकुमार राई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 11, 2018

सरकार सफल र असफल भयो भनेर समिक्षा गर्ने दिन आएको छैन: माननीय हेमकुमार राई

सोलुखुम्बुबाट प्रतिनिधिसभा सांसदमा निर्बचित माननीय हेमकुमार राईले प्रतिपक्षले सरकार असफल भयो भनेर भन्ने दिन नआएको बताउनु भएको छ ।
महाकुलुंग सरोकार समाजद्वारा काठमाडौँमा आयोजित एस ईई उतिर्ण बिधार्थी सम्मान कार्यक्रममा उहाले यो १ बर्ष सरकार असफल र सफल भयो भयो भनेर समिक्षा गर्ने समय नरहेको प्रष्ट पार्नु भएको छ , बर्तमान नेकपाको सरकार जनताको पक्षमा नीति तथा कार्यक्रमहरु बनाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा रहेको तर कांग्रेसले नेपाल र नेपाली जनताको हित नचाहेकोले सरकारले गरेका राम्रो काममा पनि आरोप र प्रत्यारोप मात्र लगाईरहेको बताउनु भयो ।

त्यसैगरी आफुलाई लोकतान्त्रिक पार्टि भन्ने नेपाली कांग्रेसले जनमतको कदर गर्न आनाकानी गर्न खोजेकोले जनमतको कदर गरि आफ्नो पार्टिको सिद्वान्त रक्षा गर्न अनुरोध गर्नुभयो । लामो समय देखि एकल शाशन चलाएका नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको चुनाबमा पाखा लगाएका राईले अब जनताले परिबर्तन चाहेकोले कांग्रेसले आफ्नो मनासिकतामा परिबर्तन गरी सकारात्मक र रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्नु पर्ने बताउनुभयो !

अबको ४ बर्ष भित्र समृद्व सोलुखुम्बु निर्माणको अभियानमा आफु रहेको बताउदै जिल्लामा रहेको असिमित आवस्यकताका र सिमित स्रोत साधानको प्राथमिकताको आधारमा जनताको आवश्यकताहरु पूरा गर्दै जाने बताउनु भयो । र अहिले आफुले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भन्दै सोलुखुम्बुको कोशीपारी तर्ने दिप्लिघट र जुभिङ्गमा तिन बर्ष भित्र काम सकिने गरी यसै हिउँदोबाट पक्कि पुल निर्माण थालानी गर्ने प्रतिबद्वाता ब्यक्त गरिनु भएको थियो

The post सरकार सफल र असफल भयो भनेर समिक्षा गर्ने दिन आएको छैन: माननीय हेमकुमार राई appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2nvwB2R

No comments:

Post a Comment

Pages