चार वर्ष पश्चात कंचनजंग हिमालमा पेम्बा ग्याल्जेन शेर्पाले सफल आरोहण गरेको छ । कंचनजंग हिमालमा विगत चार वर्ष देखि कसैले पनि आरोहण गर्न सकेको थिएन । यस वर्षको बसन्तऋतुमा एस्पिडसन वेस अफिसबाट रसिया र जर्मनीका दूई आरोहीको सहयोगी गाईडको रुपमा आरोहणको लागि गएको शेर्पाले कंनचनजंग हिमालमा यस वर्ष पहिलो पटक पाईला राखेका थिए । विश्वकै तेस्रो अग्लो हिमालमा चार वर्ष देखि कुनै पनि आरोहीले सफल आरोहण गर्न सकि रहेको थिएन । अारोही शेर्पाले यसै वर्ष बेस क्याम्पबाट शिखर चुमेर नयाँ रेकर्ड समेत राख्न सफल भएका छन् ।
सोलुखुम्बु जिल्लाको पेम्बा ग्याल्जेन शेर्पाले सन्् २०१८ मे महिनाको १६ तारिक ३ः१९ मा पहिला राख्न सफल भएको हो । शेर्पाले यस भन्दा पहिला विश्वको सर्वोच्च शिखर सगरमाथा ७ पटक आरोहण गरि सकेको थियो भने नेपालबाट ६ पटक र टिबेट बाट एक पटक गरेको थियो । साथै मानास्लु, चोयो, हिमालुङ्ग लगायत ६ हजार भन्दा माथिका पिक हरु सफल आरोहण गरि सकेको छ । यस वर्षको कंनचंनजंग हिमाल सफल आरोही पेम्बा ग्याल्जेन शेर्पा विगतका वर्ष देखिनै आरोहण क्षेत्रमा कार्य गरि रहनु भएको थियो ।
from Sherpa media Group Nepal https://ift.tt/2rS8bDp
No comments:
Post a Comment