हिमाल आरोहण गर्नु कुनै सजिलो कुरा भने हैन त्यस माथि पनि महिलाहरु प्रय यस क्षेत्रमा कमै मात्रामा छन् । नेपालको ईतिहासमा हेर्ने हो भने तेन्जिङ्ग नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले विश्वको सर्वोच शिखर सगरमाथाको सफल आरोहण पश्चात आरोहण क्षेत्रमा अधिकंशले चासोका साथ यस क्षेत्रमा लागेको देखिन्छ । यसमा पनि नेपाली चेलीहरुमा २०५० बैशाख १० गते पासाङ्ग ल्हमु शेर्पाले सगरमाथामा पाईला राखे सँगै नेपाली महिलाहरु पनि यस क्षेत्रमा आकार्शित भनेका छन् । आरोहणले आरोहीहरुलाई मात्रा हैन नेपालकै अर्थत्रन्त्रमा समेत रामो सहयोग पुगेको देखिन्छ ।
यही आरोहण क्षेत्रबाट भिविन्न नारा लिएर विश्वमा सन्देश प्रवाहा गर्ने आरोहीको संख्य दिन प्रतिदिन बढीरहेको छ । त्यसै सन्दर्भमा यस वर्ष नेपाली चेलीहरु ईतिहासमै पहिलो पटक विभन्न नाराका साथा धेरै संख्यमा सगरमाथा आरोहणको तय गरि कतिपयले सफलता पनि प्रप्ता गरि सकेका छन् । यस्तै नारा लिएर सगरमाथाको सफल आरोहण गरि राजधानी फर्कन सफल भएका छन् सगरमाथा आरोही दााबुटी शेर्पा । हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकाशमा हाम्रो पौरख भन्ने मुल नारा लिएर २०७५ को बसन्त ऋतुमा आरोहण गर्न सफल शेर्पा आईताबार राजधानीमा आई पुग्नु भएको छ । उहाँ सँगै सहयोगी शेर्पा गाईड पासाङ्ग ग्याल्जेन शेर्पा पनि काठमण्डौ आउनु भएको थियो ।
शेर्पा समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सफल आरोही दाबुटीको स्वागतको लागि आईताबार विहानै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुगेका थिए । नेपाली कफीलाई विश्वबाजारमा चिनाउने र यसको माध्ययमबाट नेपाली युवाहरुलाई स्वादेशमै रोजगारीको सृजना गर्न उद्देश्य राखेकी शेर्पाले सगरमाथा आरोहणमा आरोही गाईडको राम्रो साथ पाएको र अनुभवी गाईड पाएका काराण आरोहण सफल भएको वताउनु भयो । नेपाली कफीलाई प्रमोशन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण त भयो अव शेर्पामा अर्को जिम्मेवारी थपिएको छ आफ्नो अभियानलाई व्यावहारमा उतारर्नु । उहाँको नेपाली कफीलाई विश्ववजारमा चिनाउन नेपाली कफीको प्रमोशन विश्वको सर्वोच्च शिखरबाट उधघोष गर्न सफल भएकोमा आरोही दाबुटी सँगै सहयोगी गाईड पासाङ्ग ग्याल्जेन शेर्पालाई हार्दिक वधाई साथै आगामी दिममा पनि सफलता प्रप्ता होस हार्दिक शुभकामना । त्यसै गरि उहाँको यो अभियान सफल पार्न साथ साहयोग गर्नु हुने सम्पूर्ण सहयोगी प्रति हार्दिक धन्यबाद व्याक्ता गर्नु भएको छ ।
from Sherpa media Group Nepal https://ift.tt/2IBnkiO
No comments:
Post a Comment