ह्यूमन कन्फिडेन्टका नाराका सफल आरोहीटोली मे २४ मा राजधानी आईपुग्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 22, 2018

ह्यूमन कन्फिडेन्टका नाराका सफल आरोहीटोली मे २४ मा राजधानी आईपुग्ने

ह्यूमन कन्फिडेन्टका नारा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला राख्न सफल तीन नेपाली चेली २४ तारिक राजधानी आईपुग्ने भएको छ । तीन शेर्पा चेलीले २०१८ मे महिनाको १६ तारिक सगरमाथामा पाईला राख्न सफल भएको थियो । तीनै नेपाली चेलीले मे १६ मा नै सफल आरोहण गरिए पनि फरक फरक  समयमा सगरमाथामा पाईला राखेका थिए । तीन समुहबाट पासाङ्ग ल्हमु शेर्पाले विहान ९ः१३ वजे, याङडी शेर्पाले १०ः१५ वजे, र ल्हाक्पा याङ्जीले ११ः२८ मा सफल आरोहण गरिएको थियो ।

एसियान हिमालायन ट्रेकिङ अफिसबाट आरोहण तय गरिएको आरोहीहरुलाई आज खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका तीनका महिला समुहबाट स्वागत तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सफल आरोही पासाङ्ग ल्हमु शेर्पालाई सहयोगी गाईड फुर्वा शेर्पाले सहयोग गर्नु भएको थियो त्यसैगरी याङडी शेर्पालाई ल्हाक्पा शेर्पाले र ल्हाक्पा याङजी शेर्पालाई नरेन शाही ठकुरीले साथ दिएको थियो भने समुहको नेतृत्व पासाङ्ग तेन्जिङ्ग शेर्पाले गरेको थियो ।

तीन आरोही शेर्पाले राष्ट्रिय विभूति पासाङ्ग ल्हमु शेर्पाको रागत वर्षको अवसरमा पासाङ्ग ल्हमुको तस्विरलाई विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वालाई पुन स्मरण गराए भने देशभक्ति नेता मदन भण्डारीको तस्विरलाई समेत सगरमाथामा पु¥याउन सफल भएको छ । सफल आरोही शेर्पाको टोलीले आरोहण क्षेत्रमा महिलाको उपस्थिति बढाउन र महिला हरुलाई आकार्षित गराउन विभिन्न अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने आरोही पासाङ्ग ल्हमु शेर्पाले बताउनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/2LkOeNJ

No comments:

Post a Comment

Pages