फोनिज यूरोप शाखा गठन । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 4, 2020

फोनिज यूरोप शाखा गठन ।

लिस्बन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूरोप शाखा गठन भएको छ । यही अगष्ट १ का दिन यूरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति पत्रकारहरुको एक भर्चुअल भेलाले फोनिजको यूरोप शाखा गठन गर्ने औपचारिक निर्णय गरेको हो ।

उक्त भेलाले वाई बी गुरुङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरी शाखा स्वीकृतिका लागि फोनिज केन्द्रलाई अनुरोध गरेका थिए । फोनिज केन्द्रको अगष्ट ३ तारीख बसेको सचिवालय बैठकमा सो प्रस्तावबारे छलफल गरी बैदेशिक शाखाको रुपमा फोनिज यूरोप शाखालाई अनुमोदन गर्ने निर्णय भएको छ ।

यूरोपमा रहेका नेपाली आदिवासी जनजाति पत्रकारहरुको एकाकार गर्दै, नेपालका आदिवासी जनजातिहरुको अधिकारमुखी आन्दोलन अभियानलाई संचारको माध्यमबाट टेव पुर्याउने र आदिवासी जनजाति पत्रकारहरुको अधिकार र सहभागिताको सवालमा समेत संगठित रुपमा अभियान संचालन गर्ने उद्देश्यले सन २०१८ देखि नै फोनिज यूरोप शाखा गठन गर्नेबारे छलफल हुँदै आएकोमा अहिले त्यसले औचारिकता पाएको फोनिज यूरोप शाखाका अध्यक्ष वाई वी गुरुङले बताए । यूरोपका विभिन्न देशहरुमा नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल थुप्रै आदिवासी जनजाति पत्रकारहरु बसोबास गरिरहेको हुनाले सबैलाई फोनिज यूरोप शाखामा गोलबद्ध हुन समेत अव्हान गरेका छन ।

फोनिज यूरोप शाखामा अध्यक्ष वाई बी गुरुङ डेनमार्क, उपाध्यक्ष दिल निशानी मगर बेल्जियम, महासचिब पेम्बा गेलु शेर्पा पोर्तुगल, सचिव ईन्दिरा चाम्लिङ राई बेल्जियम, कोषाध्यक्ष महेन्दो वाईबा बेल्जियम, सदस्यहरुमा राजु गुरुङ नेदरल्याण्ड, आलन्द गुरुङ पोर्तुगल, ल्हाक्पा तेन्जी लामा रोमानिया र सफल चाम्लिङ पोर्तुगल रहेका छन ।

The post फोनिज यूरोप शाखा गठन । appeared first on .



from https://ift.tt/2Xs6qfO

No comments:

Post a Comment

Pages