काडमाडौँ स्पोट क्लाइमिङ सेन्टरः साहसिक खेलमा रुषाको अनुभव - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 4, 2020

काडमाडौँ स्पोट क्लाइमिङ सेन्टरः साहसिक खेलमा रुषाको अनुभव

काडमाडौँ स्पोट क्लाइमिङ सेन्टर लकडाउनपछि नेपाल सरकारले दिएको नियमलाई पालना गरि खोलेको छ । सामाजिक सुरक्षा अपनाइएर साहसिक खेल तर्फ लम्कि रहेका खेलाडीहरुलाई मध्यनजर गर्दै सेन्टर खोलिएको रुषा प्रधानले जानकारी दिइन । उनका अनुसार दैनिक १३ घण्टा खोलिदै आएकोमा अहिले लकडाउनलाई मध्यनजर गर्दे विहान ११ देखि बेलुकी ६ः३० सम्म खुल्ला गरिएको छ । चैत्र ११ गतेदेखि बन्द रहेको सेन्टरमा साहसिक खेलमा लागेका खेलाडी, आरोहीहरु आउने गरेको प्रधानले जानकारी दिइन ।


काठमाडौँ स्पोट क्लाइमिङ सेन्टर २०१८ मा खोलिएको स्पोट सेन्टर हो । यहा भखर्रै सिक्दै गरेका, अनुभब भएका रक क्लाइमिक, साहसिक खेलमा रम्न चाहने खेलाडीहरु आउने गर्छ । काठमाडौँको मुटु ठमेलमा रहेको यस वाल क्लाइमिङमा जिम, साहसिक कार्यसगैँ सहसिक खेल तर्फ लागेका खेलाडीहरु तालिम लिने केन्द्र बनेको छ । यहाँ हिमाल आरोहणमा जाने आरोही, सिक्दै गरेका साना साना बालबालिकाहरु विदामा आउने गर्छ । नेपालमा साहसिक खेललाई प्रवर्धन गर्न, युवाहरुलाई खेलमा सामेल गराइ अन्तराष्ट्रिय स्थरसम्म लाने उद्देश्यले सेन्टर खोलिएको हो ।

अहिले नेपालका युवापिडीहरु साहसिक खेल तर्फ रम्न थालेका छन । पहिला रमाइलोको रुपमा मात्र लिने खेल अहिले पेशाको रुपमा विकाश हुदै जान थालेसगैँ यस सेन्टरमा क्लाइमिङ सिक्न आउनेको संख्यामा बृद्धि भएको देखिन्छ । सेन्टरमा सिक्न आउनेहरु यहाँको बातावरणमा रम्ने गरेको छ भने सकारात्मक प्रतिक्रिया दिने गरेको रुषाले जानकारी दिइन ।

यस सेन्टरमा लिड, बोल्डी«ङ, स्पिड क्लाइमिङ सिक्न र खेल्न सकिन्छ । यो साहसिक खेल तर्फ लाग्न चाहने नेपालीहरुलाई प्रोत्साहन र मध्यनजर गरि खोलिएको सेन्टर हो । यसको विशेष आकर्षन नै स्पिड क्लामिक हो । अन्तराष्ट्रिय मापदण्ड अनुसार १५ मिटर उचाइमा हुने गर्छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार चाहिने सामग्रीहरुको प्रयोग गरि साडे १३ मिटरको उचाइ बनाइएको छ ।

लकडाउनको असर
चैत्र ११ बाट सुरु भएको लकडाउनले हरेक क्षेत्रमा असर गरेको नै छ यसमा पनि क्लाइमिङ सिजनको मुखैमा आएर असर गरेको छ । पहिला जस्तै गरि सुचारु गर्न अझै एक बर्ष वा त्यो भन्दा बढी समय पनि लाग्न सक्ने रुषा बताउछिन ।

साहसिक खेल तर्फ युवाहरुको चासो
अहिले कमैमात्र युवाहरु यस खेल तर्फ लागेका छन । पहिलाको तुलनामा अहिले राम्रै मान्नु पर्छ । अहिले यस खेललाई पेशाका रुपमा लिने खेलाडीहरु नेपालमा एक दुइ जना पाउन सकिन्छ । विस्तारै यस खेल तर्फ युवाहरु अर्कषित हुन थालेका छन ।

महिलाको सहभागीता
साहसिक खेल तर्फ महिलाको तुलनामा पुरुष नै बढी छन । कलेज, स्कुल पढ्नेहरु बढी मात्रमा यस खेल तर्फ आर्कषित भएका छन । महिलाहरु कमैमात्रमा सहभागी हुनुमा समाजको नजरिया, घरपरिवार समाल्नुपर्ने जस्ता कारणले महिलाहरु कमैमात्रमा यस खेलमा सहभागी हुने गरका छन ।

रुषाको अनुभव
२०१५ मा रुषाले एसियन युथ च्याम्पियनशिप खेल्न मलेसिया गएकी थिइन । त्यहाँ जादाको अनुभव हेर्ने हो भने हामी नेपाली खेल सुरु हुनु भन्दा अगाडी दुइ तिन महिनामा सिकेर जाने गछौँ भने विदेशीहरु सानै उमेर ६ वा १० बर्षको उमेर देखि नै साहसिक खेल तर्फ लागि परेका हुन्छन । तर नेपालमा महत्व नबुजेकाले र सुनौलो भविष्य नभएकाले गर्दा समाज, घरपरिवारले खेलकुद तर्फ लाग्नलाइ प्रोत्साहन गर्दैनन भन्ने हो भने खेल तर्फको चेतनाको कमीले पुरुषसगैँ महिलाको संख्या सहसिक खेल तर्फ कमै मात्रमा सहभागी रहेका छन ।

The post काडमाडौँ स्पोट क्लाइमिङ सेन्टरः साहसिक खेलमा रुषाको अनुभव appeared first on .



from https://ift.tt/3iuaXY3

No comments:

Post a Comment

Pages