NRNA-PORTUGAL को कार्यलयमा तालाबन्दी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 11, 2020

NRNA-PORTUGAL को कार्यलयमा तालाबन्दी

११ जुन/लिस्बान – गैह्र आवासीय नेपाली संघ पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले श्रृखलावद्ध रुपमा व्यक्ति कुटपिटको कार्य जारी राखेको भन्दै पोर्तुगलका आक्रोशित नेपालीहरुले सोको विरोध गर्दै संघको कार्यलयमा आज तालबन्दी गरेका छन । सयौको संख्यामा संघको कार्यलय पुगेका उनीहरुले यसरी व्यक्तिलाई कुटपिट गर्ने र धाकधम्की दिर्दै हिड्ने व्यक्ति कुनैपनि हालतमा एनआरएन जस्तो संस्थाको वरिष्ठ उपाध्यक्ष पदका लायक नभएको भन्दै अभिलम्ब कार्वाही गरेर निस्कासन गर्नुपर्ने माग गरेका छन ।
गत फेब्रुवरीमा संघकै वर्तमान कार्यसमिति सदस्य सविन धितालमाथि एक सार्वजानिक कार्यक्रममा नै हातपात गरेर सर्बत्र आलोचित बनेका वरिष्ठ उपाध्यक्ष थापाले केही दिन अघि मात्रै प्रवासी नेपाली एकता मञ्चका सदस्य तथा एनआरएन पोर्तुगलको गत अधिवेशनमा युवा संयोजकका उम्मेदवार समेत रहेका मिलन रेग्मी र उनीसगैका साथी रोशन उप्रेतीमाथि संघातिक आक्रमण गरी पुनः कुटपिटको घटना दोहो¥याएका छन । उक्त घटनामा थापालाई सहयोग गर्दै कुटपिटमा सहयोग गर्नेमा एनआरएन पोर्तुगलका कोषाध्यक्ष विक्रमजंग कुँवर र मनोनित सदस्य विशाल आचार्य पनि थिए ।
यसअघि सबिन धितालमाथि कुटपिट गर्दा त्यसको निन्दा र भत्सर्ना गर्दै उनलाई कार्वाहीको माग गरेर पोर्तुगलका क्रियाशिल संस्थाहरु प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज, जनप्रगतिशील मोर्चा, चितवन समाज र नेपाल पत्रकार महासंघ यूरोप शाखा समेतले विज्ञप्ती जारी गर्दा पनि त्यसलाई वेवास्ता गर्दै अध्यक्ष तिलक गैरेले थापाको बचाउ गरेर घटनालाई त्यसै सामसुम पारेका थिए । त्यसबाट झन हौसिएका वरिष्ठ उपाध्यक्ष थापाले आफु विरुद्ध लेख्ने र बोल्ने सबैलाई कुटपिट गरेर नै तह लगाउने धाक धम्की दिदै आईरहेका छन ।


पछिल्लो कुटपिटको घटना भएपछि पिडितहरुले एनआरएन पोर्तुगलमा थापामाथि कार्वाही गरीपाउ भनी निवेदन दिएका थिए । तर त्यस विषयलाई अध्यक्ष तिलक गैरेले कार्यसमितिमा बैठक राखेर छलफल नगराई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई एक रेष्टुरेन्टमा बोलाएर छलफल गराएका थिए । त्यहाँ पिडित मिलन रेग्मीलाई जसरी पनि मिल्नका लागि दबाब दिने काम भएको एक सहभागीले बताए । उक्त घटनामा आफुले गल्ती गरेकोले माफी माग्न तयार रहेको र आगामी दिनमा त्यस्ता क्रियाकलाप नगर्ने प्रतिवद्धता पनि गर्न तयार हुन्छु तर यसै बिषयमा आफुलाई विभागीय कार्वाही भएमा कसैलाई नछाड्ने धम्कीयुक्त भाषा प्रयोग गर्दै छलफलका क्रममा भिमसेन थापा प्रस्तुत भएको पनि ती सहभागीले बताए । विशेष गरी थापाले प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष समेत रहेका गोविन्द पौडेललाई हाकाहाकी उनको दिन गन्ती सुरु हुने भन्दै चेतावनी समेत दिएका थिए ।
वरिष्ठ थापाको उक्त व्यवहारबाट आक्रोशित भएर कार्वाहीको माग गर्न आज एनआरएनको कार्यलय पुगेपनि त्यहाँ अध्यक्ष तिलक गैरेलाई कुराकानी गर्न बोलाउदा समेत नआएको कारणले तालाबन्दी गर्नुपरेको सहभागीहरुले बताए । उनीहरुले वर्तमान एनआरएन कार्यसमितिले आर्थिक पारदर्शीता देखाउन नसकेको, कोरोना रहात सामाग्री खरीदमा समेत भ्रष्टचार गरेको बिषयलाई समेत उठाएका थिए ।

The post NRNA-PORTUGAL को कार्यलयमा तालाबन्दी appeared first on .



from https://ift.tt/3hlJFCv

No comments:

Post a Comment

Pages