लगडाउनकाे समयलाइ माने सरसफाइमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 9, 2020

लगडाउनकाे समयलाइ माने सरसफाइमा

बिश्वब्यापी रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे कारण नेपाल लगडाउन हुन थालेपछि म जस्ता कैयाै पर्यटन क्षेत्रमा संलग्न ब्यक्तिहरु याे भयबह अवस्थामा काम छाडेर घरैमा बस्न बाध्य बनाएकाे छ ।

लगडाउनले पर्यटन क्षेत्रलाइ मात्र नभइ साना तथा ज्यालादारी मजदुरदेखि लिएर ठुला ब्यबसायीहरुकाे दैनिकीमा नराम्राे असर पारिरहेकाे छ ।नेपालमा लगडाउनलाइ सदुपयोग गरिरहेका धेरै उदाहरणहरु पनि पाइरहेका छाै ।कसैले आप्नाे सीप क्षमता अनुसार घरैमा बसेर बिभिन्न रचनात्मक काम गरेका छन भने कसैलाइ लगडाउन तनाब र समस्याकाे जड भएकाे छ ।

राजधानीमा लगडाउन भएपछि म आफ्नाे जन्मभुमि साेलुखुम्बु दुधकुण्ड नगरपालिका २ तुम्बुक फर्के तर गाउँधर फर्केपनि याे अवस्थामा के काम गर्ने ?त्यतिकै घरमा बसेर नेट चलाएर समय फालेर केही फाइदा हुदैन केही त गर्नेपर्छ भनेर मनमा साेच्न थाले ।

मैले बिगत लामाे समयदेखि मैले गाउँमा लामाे समयदेखि हाम्रा पुर्खाहरुले स्थापना गर्नुभएकाे बाैध्दधर्मावलम्वीहरुकाे पुरातात्विक सम्पदाकाे रुपमा चिनिदै आएकाे ढुंगाकाे मानेहरु सरसफाइ र रंगराेगन गर्नुपर्छ ।आफ्नाे गाउँकाे यी महत्वपूर्ण धार्मिक सम्पदाहरुकाे सरसफाइ गरी संरक्षण गर्नु म जस्ता युवाहरुकाे दायित्व भएकाे महसुस गरेकाे थिए ।लगडाउनकाे सदुपयोग मैले गाउँमा भएका यी सम्पदाहरुकाे सरसफाइ मा खर्चिनुपर्छ भनेर अठाेट गरे ।गाँउमा भएका दर्जनाै मानेहरु माटाे मुनि पुरिसकेकाे ,झारपातले ढाकिएर कुदिएका लामा अक्षरहरु नदेखिने भैसकेकाे थियाे ।लाेपाेन्मुख अवस्थामा पुगिसकेकाे थियाे ।

मैले यी सबै कुरा गाँउका साथी ङिमा तेन्जी लामालाइ सुनाएकाे थिए ।साथीले पनि मेराे अभियानमा साथ दिने बचन दिएपछि हामी दुइ भाइ मिलेर अभियान सुरु गरेका थियाै ।गाँउलेहरुले फुर्सद हुनेले श्रमदान तथा बेफुर्सद भएकाहरुले नगद सहयाेग गरी हामी दुइजनाले सुरु गरेकाे माने सरसफाइ तथा रंगराेगन अभियानलाइ साथ दिनुभयाे ।देश बाहिर रहनुभएका गाँउले तथा साथीभाइहरुले पनि धन्याबाद दिनुका साथै उहाँहरुकाे इच्छाअनुसार आर्थिक सहयाेग पनि गर्नुभयाे ।हामी दुइ जनाले सुरु गरेकाे याे अभियानले हामीले सुरु गरेकाे अभियानलाइ बल पुग्याे ।
हामीले अहिलेसम्म दुधकुण्ड नगरपालिका २ मा रहेकाे सालाबेशी,तुम्बुक र टाक्टाेरमा रहेका मानेहरु पुर्ण रुपमा सरसफाइ सम्पन्न गरी रंगराेगनकाे गर्ने कार्य गरिरहेका छैा ।
बिगत लामाे समयदेखि आफ्नाे याेजना पुरा गराउन लगडाउन एक अवसरसिद्द भएकाे छ ।माने सरसफाइ र रंगराेगन भएपछि गाँउकाे मुहार फेरिनुका साथै कैयाे बर्ष अगाडि हाम्रा पुर्खाहरुले दुख गरी निर्माण गर्नुभएकाे यी सम्पदाकाे संरक्षण र संबर्धनमा टेवा पुग्छ भनेर महसुस गरेका छाै ।त्यस्तै यस्ता महत्वपूर्ण सम्पदाहरु अहिले हामी जस्ता युवाहरुले सरसफाइ गरी संरक्षण र संबर्धन गर्न सकेमा पछिका पुस्तासम्म सुरक्षित रहने र देश बिदेशबाट घुम्न आउने पर्यटकहरुकाे लागि ढुंगाकाे माने आकर्षणकाे केन्द्रकाे रुपमा स्थापित भइ स्थानिय ब्यक्तिहरुकाे पनि आर्थिक बिकासमा टेवा पुग्ने देखिन्छ ।
अन्तमा हाम्राे कार्य तथा अभियानमा साथदिनु भएकाेमा सहयाेगी सबैलाइ हार्दिक धन्याबाद दिन चाहान्छु ।काेराेना संक्रमण दिनहुँ बढीरहेकाे सबैजना सचेत रहनुहाेला ,आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला भन्न चाहान्छाै
धन्याबाद

छिरीङ दाेर्जी शेर्पा
दुधकुण्ढ नगरपालिका २ तुम्बुक
फाेटाे साैजन्य : ङिमा तेन्जी लामा

The post लगडाउनकाे समयलाइ माने सरसफाइमा appeared first on .



from https://ift.tt/2MJ8oCS

No comments:

Post a Comment

Pages