आम संचार नीति प्रतिनिधिमुलक भएपनि समाबेशी चरित्रकाे छैन :फाेनिज अध्य़क्ष गुरुङ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 29, 2020

आम संचार नीति प्रतिनिधिमुलक भएपनि समाबेशी चरित्रकाे छैन :फाेनिज अध्य़क्ष गुरुङ

फुर्वा शेर्पा /हिमाली सन्देश, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फाेनिज )केन्द्रका अध्यक्ष डण्ड गुरुङले नेपालकाे आम संचार नीतिले सबै जातजाति ,महिला ,दलित र अल्पसंख्यक लगायतका समुदायलाइ प्रतिनिधित्व गरेपनि ब्यबहारिक रुपमा समाबेशी चरित्रकाे नभएकाे बताउनुभएकाे छ ।

त्रिभुवन बिश्वबिध्यालयमा अध्ययनरत जनजाति पत्रकार बिबेक गुरुङद्वारा आयाेजित समाबेशी संचार बिषयक जुम भिडियाे बैठकमा सहजकर्ताकाे रुपमा बाेल्नुहुदै अध्यक्ष गुरुङले बिबिधतायुक्त नेपाली समाजमा समाबेशी संचार नीति अवलम्बन हुनुपर्ने,संचार माध्यम एकात्मक ब्यक्ति र समुदायकाे हातमा मात्र नरही सामाजिक रुपमा बहिस्कृत नागरिकहरुकाे पक्षमा आवाज उठाउने ब्यक्तिहरुकाे प्रतिनिधित्व गराउन गर्न राज्यले लगानी गर्नुपर्ने बताउनुभयाे । भिडियाे बैठक मार्फत उहाँले समाबेशिकरण ,नेपालमा समाबेशीकरणका लागि भएका प्रयासहरु ,मिडियामा समाबेशीकरणकाे महत्व ,समाबेशीताकाे लागि भएका अन्तरराष्ट्रीय अभ्यासबारे तयार पारिएकाे सामाग्री समेत प्रस्तुत गर्नुभएकाे थियेा । हिजाे नेपाली समय अनुसार बेलुकी ८:१५ बजे देखि करिब एक घण्टा सम्म भएकाे बैठकमा देश बिदेशमा करिब १० जना भन्दा बढी जनजाति पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

सहभागीहरुले राज्यकाे नीति निर्माण तहमा प्रतिनिधित्व गराउन आदिबासी जनजाति समुदाय संचार क्षेत्रमा दिगाे रुपमा लाग्नुपर्ने,राज्यले जनजाति पत्रकारहरुकाे क्षमताबृद्दि गर्न आवस्यकता अनुसार तालिम दिनुका साथै मिडियामा समान पहुँचका लागि दबाब दिनुपर्ने बताएका छन ।

The post आम संचार नीति प्रतिनिधिमुलक भएपनि समाबेशी चरित्रकाे छैन :फाेनिज अध्य़क्ष गुरुङ appeared first on .



from https://ift.tt/3etmzI4

No comments:

Post a Comment

Pages