सत्तापक्ष र विपक्षीका प्रवास संगठनहरुको संयुक्त विज्ञप्ती - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 13, 2020

सत्तापक्ष र विपक्षीका प्रवास संगठनहरुको संयुक्त विज्ञप्ती

लिस्बन । भारतले नेपालको भूमि अतिक्रण गरेर चीनसम्म जोडने सडक निर्माण गरी उक्त बाटोको उद्घाटन नै गरेपछि त्यसको विरुद्धमा सर्बत्र विरोध भईरहेका छन । यसै सन्दर्भमा पोर्तुगलमा रहेको नेपाली प्रवास संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यको विरोध गरेका छन । सत्तापक्ष र विपक्षी नेपाली राजनीतिक पार्टी प्रवास संगठनहरुले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तीमा यस भारतीय अतिक्रमणको मुद्दालाई अन्तरष्ट्रियकरण गर्न नेपाल सरकारलाई माग समेत गरिएको छ ।

हेर्नुस विज्ञप्तीको पूर्ण पाठः


संयुक्त प्रेस विज्ञप्ति
१२ मई २०२०, पोर्तुगल

नेपाली भूमीमाथि भारतीय हस्तक्षेप बन्द गर।

८ मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला-लिपुलेक लिंकरोड निर्माण तथा उद्घाटन गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अगाडी पनि सार्वभौम नेपालको भू-भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन गरेको सर्वविदितै छ । ऐतिहासिक तथ्य, दस्ताबेज, प्रमाण तथा सन्धिले नेपाली भूमि हो भन्ने प्रमाणित हुँदाहुँदै पनि उक्त भूमिमा सडक निर्माण र उद्घाटन हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दछ । यस किसिमको भारतीय रवैयाको हामी कडा शब्दमा विरोध तथा भत्सर्ना गर्दछौं। सीमा विवाद समाधानका निम्ति आवश्यक कुटनितिक पहललाई लत्याउदै, विश्व नै कोरोना महामारीबाट अक्रान्त भएको बेला यसको निराकरणको लागि आपसी सहयोग र सामूहिक पहल गर्दै अघी बढ्नु पर्ने कठिन समयमा पनि छिमेकीको भूमि माथि गिद्दे दृष्टि लगाउने भारतीय विदेश नितिको जति नै विरोध गरे पनि कम हुन्छ। पटकपटक यसरी संवेदनशील अवस्थामा सीमा अतिक्रमणलाई निरन्तरता दिनु भनेको भारतीय शाषकवर्गको छिमेकीप्रति गरिने हेपाहा प्रवृति नै हो। त्यसैले भारत र चीन वीच चलिरहेको शैन्य एवं ब्यापारिक प्रतिस्पर्धामा गहिरो भूमिका खेल्न सक्ने सामारिक महत्वको सडक निर्माणका निम्ति नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न हामी संसारभरीका नेपालीहरुलाई आह्वान गर्दछौ। यसै सन्दर्भमा नेपाल सरकारले भारतीय अतिक्रमण विरुद्ध कडा र स्पष्ट रुपमा पहल गर्न जरुरी देखिन्छ। सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई सम्मान गर्दै आफ्नै भूमि भित्र बर्षौ देखि विदेशीले सडक बनाइ रहेको यो अवस्थामा नेपाल सरकारले ठोस पहलकदमी लिएर अन्तराष्ट्रीय स्तरमा लैजान अनुरोध गर्दछौ। साथै राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथी हुने सबै प्रकारको हस्तक्षेपको विरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित प्रदर्शनहरुमाथी अनावश्यक बल प्रयोग नगर्न तथा तत्काल कुटनैतिक पहल गर्दै राष्ट्रिय एकता कायम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौ। यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान गर्दै नेपाली भूमि अतिक्रमण तथा उपभोग गर्ने भारतीय नितिमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हामी अपिल गर्दछौ।


The post सत्तापक्ष र विपक्षीका प्रवास संगठनहरुको संयुक्त विज्ञप्ती appeared first on .



from https://ift.tt/2ySYCdV

No comments:

Post a Comment

Pages