पाेर्तुगलमा ४५ जनालाई दोस्रो चरणकाे राहत बाडियाे - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 30, 2020

पाेर्तुगलमा ४५ जनालाई दोस्रो चरणकाे राहत बाडियाे

३० अप्रिल/लिस्बन । – पाेर्तुगलकाे लिस्वनमा काेराेनाकाे कहर चलिरहदा केहि नेपालीले सहयोग अभियान चलाएका छन ।


समयसमयमा नेपाली डायाेस्परामा समस्या अफ्ट्यारो पर्दा अग्र स्थानमा सहयोग गर्न तम्सिने नेपाली युवाहरुकाे समुहले अत्यन्तै समस्यामा परेका नेपालीहरुलाइ राहत उपलब्ध गराएको हाे । फेसबुक मार्फत सहयोग अपिल गरेर उठेको रकमबाट दोस्रो चरणकाे सहयोग स्वरुप ४५ जना नेपालीलाई महिना भरि पुग्ने खाद्यान्न दिइएको छ । केही युवाहरुकाे सक्रियतामा “कोरोना सहयोग अभियान” चलाएर हिमालयन बिर्लियान्ते नामक सस्था मार्फत उक्त सहयोग गरेकाे हो। अहिलेसम्म २००० युराे भन्दा बढि रकम उठिसकेकाे सो सस्थाका एक जना अभियन्ताले बताए । लिस्वन भन्दा बाहिर सान्ताे एन्ताेनिया,अलमादा, भिल्ला मौरा र ताभिरामा सहयोगको अत्यन्तै आवश्यकता भएका नेपालीलाई सहयोग गरिसकेको छ । अभियानमा साथ दिन लिस्वनका सबै खाले युवाहरूको समूह खटिएको  सोहि समुहका अभियन्ताले बताए । छिट्टै तेस्रो चरणको राहत वितरण कार्यक्रम लिस्वन बाहिर गरिने तयारी भइरहेको बताए समेत उनले बताए ।

The post पाेर्तुगलमा ४५ जनालाई दोस्रो चरणकाे राहत बाडियाे appeared first on .



from https://ift.tt/2Yplo7E

No comments:

Post a Comment

Pages