जनजाति महासंघ द.कोरियाले काेराेना उपचारका लागि सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 8, 2020

जनजाति महासंघ द.कोरियाले काेराेना उपचारका लागि सहयोग

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले कोराना भाइरसको उपचारका लागि चाहिने पीपीई नेपालका विभिन्न अस्पताललाई हस्तातरण गरेको छ । महासंघले कोरियामा नेपालका स्वास्थ्यकर्मीका लागि पीपीई लगाएतका सामाग्री किन्नका लागि सहयोग अभियान संचालन गरेको थियो ।

‘कोरियामा रहेका धेरै साथीभाइले सहयोग गर्नु भयो । हामी एकदमै आभारी छौं । उठेको रकमबाट हामीले नेपालको विभिन्न अस्पतालहरुलाई सकेको सहयोग गर्यौं ।’ महासंघका अध्यक्ष युगेल तन्डुप शेर्पाले भने । ‘देशका लागि भने पछि सबै साथीभाइले सहयोग गर्नुभयो । हामीले परादर्शी र छिटै सामाग्री किनेर वितरण गर्न सक्यौं । अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद ।’ उनले थपे ।

महासंघले शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु, बिपी कोइराला स्वस्थ बिज्ञान प्रतिष्ठान घोपा धरान, प्रादेशिक अस्पताल जनकपुर, कान्तिबाल अस्पताल, प्रसुती गृह, सेचेन अस्पताल, मेडिकेयर अस्पताल, स्तुपा सामुदायिक अस्पताल काठमाडौं, गण्डकीअस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रादेशिक अस्पताल धनगढीलाई पीपीई, ह्यान्ड स्यानेटाइजर, माक्स लगाएतको स्वस्थ्य सामाग्री प्रदान गरेको हो ।

नेपाल आदिबासी जनजाति महासंघले संचलन गरेको अभियानमा महासंघको बुसान शाखा, ग्वाङ्जु शाखा, कोरियामा क्रियाशिल जातीय संस्थाहरु, क्षेत्रीय संघसस्थाहरु र २ सय भन्दा बढि कोरियामा रहेका नेपालीबाट ५५ लाख वन सहयोग उठेको अभियान संयोजक वाईवी मगरले जानकारी दिए । नेपालमा लकडाउन र विविध कठिनाइका बाबजुद स्वास्थ्य सामाग्री वितरणलाई परिणाममुखी र प्रभावकारी बनाउन नेपाल आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार र नेपाल अदिवासी जनजाति महासंघ केन्द्रले विषेश भूमिका खेलेको पनि संयोजक मगरले बताए ।

-फोनिज कोरिया

The post जनजाति महासंघ द.कोरियाले काेराेना उपचारका लागि सहयोग appeared first on .



from https://ift.tt/34iMYEG

No comments:

Post a Comment

Pages