पोर्तुगलमा कोरोना महामारीको असर र अवस्था - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, April 10, 2020

पोर्तुगलमा कोरोना महामारीको असर र अवस्था

१० अप्रिल/लिस्बन पोर्तुगल

पोर्तुगलको स्वास्थ्य महानिर्देशनालय (DGS) द्धारा जारी गरिएको महामारी विज्ञान बुलेटिनका अनुसार अहिलेसम्म कोरोना भईरसबाट संक्रमित ४३५ जनाको मृत्यू भएको छ । त्यसै गरी संक्रमण पुष्टि हुनेको संख्या १५,४७२ जना पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २६ जना थप मृत्यु र १,५१६ जनामा थप संक्रमण पुष्टि भएको हो । ती मध्ये २३३ जना संक्रमित भएकाहरु निको भएका छन ।
डिजिएसका अनुसार पोर्तुगलको उत्तरी क्षेत्रमा सबैभन्दा बढी २४० जनाको मृत्यु भएको छ, त्यसैगरी मध्य क्षेत्रमा १०७ जना, राजधारी लिस्बन र तगुस भ्याली क्षेत्रबाट ७८ जना र अल्गार्भ क्षेत्रबाट ८ जनाको मृत्यु भएको हो । यसरी कोरोना भाईरसबाट मृत्यु हुने जम्मा ४३५ जना मध्ये २८४ जना ८० बर्ष भन्दा बढी उमेरका छन । त्यसै गरी ७०–७९ उमेरका ९२ जना, ६०–६९ उमेरका ४३ जना, ५०–५९ उमेरका १२ जना रहेका छन । बाँकी ४ जना ४०–४९ उमेर समूहका रहेका छन । अझै पनि १,१७९ जना अस्पतालमा भर्ना भएका मध्ये २२६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
गत जनवरी १ तारीखदेखि अहिलेसम्म भाईरसको संक्रमण हुन सक्ने आशंकको दायरामा राखिएको कुल संख्या १२३,५६४ जना मध्ये ४,५०९ जनाको SARS- CoV -2 प्रयोगशाला परिक्षणका लागि प्रतिक्षारत रहेको र २५,९१४ जनालाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको स्वास्थ्य महानिर्देशनालय (DGS) द्धारा शुक्रबार जारी गरिएको रिपोर्टमा भनिएको छ ।
उक्त रिपोर्टको तथ्यांक अनुसार जम्मा संक्रमित पुष्टि भएको १५,४७२ मध्येमा पनि सबै भन्दा बढी पोर्तुगलको उत्तरी क्षेत्र नै रहेको छ । जहाँ जम्मा ८,८९७ जनामा संक्रमण पुष्टि गरिएको छ । त्यसपछि लिस्बन र तगुस भ्याली क्षेत्रमा ३,८२१ जना, मध्य क्षेत्रमा २,१९७ जना, अल्गार्भ क्षेत्रमा २७९ जना र अलेन्तेजो क्षेत्रमा १२५ जना रहेका छन । त्यसै गरी अजोरेस क्षेत्रमा ९४ जना र मधेईरामा ५९ जनालाई पनि कोरोना भईरस संक्रमण भएको पुष्टि गरिएको छ । यी मध्ये ५७% लाई खोकी, ४३% लाई ज्वरो, ३०% लाई मांशपेशी दुख्ने, २७% लाई टाउको दुख्ने, २३% लाई सामन्य कमजोरी र १७% लाई सास फेर्न गाह्रो हुने लक्षण देखिएको रिपोर्टमा उल्लेख छ । भईरस संक्रमण पुष्टि भएकाहरुमा केवल १,१७३ जना अलि गम्भीर अवस्था भएकाहरुलाई मात्रै अस्पलात भर्ना गरिएको छ । बाँकी १२,७८३ जनाको अवस्था सामन्य भएकाले आ–आफ्नो घरमा नै क्वारेनटाईनमा राखिएको छ । तर उनीहरुलाई स्वास्थ्यकर्मीहरुले पुर्ण निगरानीमा भने राखिएको बताईएको छ ।
पोर्तुगलमा कोरोना भाईरस संक्रमित हुनेहरुमा ९ बर्ष सम्मका बालबालिकाहरु समेत २४५ जना रहेका छन भने सबै भन्दा बढी ४० देखि ४९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई बढी संक्रमण भएको पाईएको छ । डाटा अनुसार ४०–४९ उमेरका २,७३५ जना रहेका छन र त्यसै गरी क्रमशः १०–१९ उमेरका ४०० जना, २०–२९ उमेरका १,६०८ जना, ३०–३९ उमेरका २,५१५ जना, ५०–५९ उमेरका २,७१२ जना, ६०–६९ उमेरका १,९५९ जना, ७०–७९ उमेरका १,४०६ जना र ८० बर्ष माथिका २१९२ जना संक्रमित रहेका छन । जसमा ६,५२७ जना पुरुष र ८,९४५ जना महिला भएको पोर्तुगलको स्वास्थ्य महानिर्देशनालय (DGS) को रिपोर्टले देखाएको छ ।
कोरोना महामारीको अवस्थाबारे पोर्तुगलको स्वास्थ्य महानिर्देशानलयले दैनिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराईरहेका छन । गत मार्च १९ बाट नै पोर्तुगल सरकारले मार्च २ सम्म १५ दिनको आपतकाल लागु गरेता पनि संक्रमित र मृत्यु हुनेको संख्यामा क्रमिक वृद्धि भएकाले पुनः गत अप्रिलको ३ बाट आगामी १७ तारीखसम्म अर्को १५ दिन आपतकाल लागु गरिएको छ । यो बीचमा ९ तारीख देखि १३ तारीख सम्मको अवधि निकै कडा हुनेछ । यो ४ दिन आन्तरिक आवतजावतलाई पूर्ण रुपमा बन्द गरिएको छ । अत्यावश्यक कामले कतै जान परेमा त्यसको पुष्टि हुने कागजात साथमा लिएर हिड्न भनिएको छ ।

पोर्तुगलमा नेपालीको खबर

यसैबीच धेरै नेपालीहरुको बसोबास रहेको पोर्तुगलमा अहिलेसम्म २२ जना नेपालीहरुलाई कोरोनाको संक्रमण भएको भनिएको छ । यसभन्दा अगाडी कृषि क्षेत्रमा कार्यरत १७ जना नेपालीसहित केही भारतीय नागारिहरुलाई समेत कोरोना भाईरस संक्रमण भएको हुनसक्ने आशंकामा सबैलाई क्वारेनटाईन राखेपनि उनीहरुमा कुनै संक्रमण नदेखिएपछि केही दिन आगाडी मात्रै सबैजनालाई घर पठाएका थिए । नेपालीहरुको अवस्थाबारे स्पष्ट जानकारी दिने कुनै निकाय नभएको कारणले पनि कति जना नेपालीहरुमा संक्रमण भएका हुन भन्ने बारे एकिनका साथ भन्न सकिने अवस्था छैन । पोर्तुगल स्थित नेपाली कन्सुलेट र गैह्र आवासीय नेपाली संघ जस्ता संस्थाहरुसँग पनि यस बिषयमा बेखबर प्रायः छन ।
अलि अगाडी पोर्तुगल आई काम गरिरहेका र यहाँको बसाई अनुमति रेसिडेन्सी कार्ड पाएकाहरुको रोजगारी गुमेता पनि तत्काललाई आर्थिक संकट पर्ने छैन । उनीहरुका लागि सरकारले सीमित अवधिका लागि सामाजिक सुरक्षा दिनेछन । तर भर्खर पोर्तुगल आएका नेपालीहरु भने यी सुविधाहरुबाट लाभन्वित नहुने भएकाले र खाने बस्ने स्थानको समेत टुङ्गो नलागिसकेकाहरु भने यो महामारीको चपेटामा प्रताडित हुने देखिएको छ ।

The post पोर्तुगलमा कोरोना महामारीको असर र अवस्था appeared first on .



from https://ift.tt/2JWrtQM

No comments:

Post a Comment

Pages