बामदेवलाई केपी ओलीले कसरी पटक-पटक हिस्सा पारे । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 30, 2020

बामदेवलाई केपी ओलीले कसरी पटक-पटक हिस्सा पारे ।

२०७४ सालको निर्वाचनमा पराजित भएका बामदेव गौतमलाई प्रधानमन्त्री ओलीले पटक–पटक हिस्स पार्दै आएका छन् । उनलाई डोल्पा, काठमाडौं, कास्की लगायतका विभिन्न क्षेत्रमा कतै निर्वाचन त कतै समानुपातिकबाट प्रतिनिधिसभामा ल्याउन भन्दै चर्चा गरिए । यहाँसम्म कि, काठमाडौंबाट सांसद रामवीर मानन्धरले त बामदेव गौतमका लागि आफूले राजीनामा समेत दिएर सिट खाली गर्न तयार रहेको औपचारिक घोषणा नै गरे ।

कुनै खास प्रयोजनका लागि बामदेवलाई ‘ललिपप’ देखाउने र सार्वजनिक चर्चामा ल्याएर आलोचनाको पात्र बनाएर उनलाई थन्क्याइने गरेका अनेकौं दृष्टान्तकै निरन्तरतास्वरुप पछिल्लो प्रस्ताव ओलीबाट आएको त होइन भन्ने आशंका गरिनु पनि स्वाभाविक नै हो ।

कतिपयले ओलीका यी प्रस्ताव आफू इतरको समूहलाई कमजोर बनाउन र फूट ल्याउनका लागि केन्द्रित रहेको अर्थमा पनि बुझेका छन् ।


यसअघि नै सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन हुनुपर्ने अडान राखेका थिए । उनको त्यो अडानलाई सम्बोधन गर्ने सन्दर्भमा पनि ओलीले ठूलै चाल चले ।

उनले आफू निकटकै नेता सुवास नेम्वाङको संयोजकत्वमा संविधान संशोधन सम्बन्धी अध्ययनका लागि कार्यदल बनाए । तर कार्यदलकै सदस्यलाई जिम्मेवारीमा बस्न अस्वीकार गर्न लगाएर त्यो विषयलाई त्यसै थन्क्याइदिए ।

ओलीले अहिले अघि सारेको प्रस्ताव पनि कुन मोडमा पुगेर त्यही शैलीमा तुहिने हो भन्ने ठेगान छैन । त्यसैले पनि कसलाई प्रधानमन्त्री बनाउने, कसले के जिम्मेवारी लिने भन्ने विषयमा पार्टीका निकायहरुमा छलफल हुनुपर्ने र ती निकायबाट भएका निर्णयको स्वामित्व पार्टीले लिनु पर्ने पद्धतिको विकास भएमा विभिन्न प्रयोजनमा विभिन्न व्यक्तिलाई प्रयोग गर्नका लागि कसैले ‘ललिपप’ देखाउने र प्रयोजन सकिएपछि जिल्याउने प्रवृत्ति अन्त्य हुन सक्छ ।

The post बामदेवलाई केपी ओलीले कसरी पटक-पटक हिस्सा पारे । appeared first on .



from https://ift.tt/2yS2uvE

No comments:

Post a Comment

Pages