नेपाली समाज जापानद्वारा प्रधानमन्त्रिको राजिनमा माग्दै विज्ञप्ति - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 29, 2020

नेपाली समाज जापानद्वारा प्रधानमन्त्रिको राजिनमा माग्दै विज्ञप्ति

टाेक्याे ,जापान नेपाली समाज जापानले सांसद अपहरणमा संलग्न ब्यक्तिहरुलाइ कार्बाही गर्न र प्रधानमन्त्री केपी शर्मा अेालीकाे राजिनामा माग गरेकाे छ ।

अप्रिल २७ तारीख़का दिन सम्पन्न अनलाइन बैठककाे निर्णय अनुसार आज नेपाली समाज जापानले एक बिज्ञप्ति प्रकाशित गर्दै तत्कालीन समाजवादी पार्टीका सांसद तथा पूर्व राज्यमन्त्री डा . सुरेन्द्र यादवलाई मानसिक तनाव दिएर निजी निवासबाटै अपहरण गर्ने अपराधिक कार्यमा संलग्न नेकपाको सांसदद्वय मा . महेश बस्नेत , मा . किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रत्यक्ष सामेल भएको हुँदा कानून बमोजिम कारबाही गरिनुपर्ने ,सांसद डा . सुरेन्द्र यादवको अपहरण कार्यमा सम्माननिय प्रधानमन्त्रि केपी शर्मा ओली समेत सामेल भएको स्वयं प्रधानमन्त्रीकाे मुखारबिन्दुबाट स्पस्ट भएको हुँदा नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा दिन नपाली समाज जापानले नेपाल सरकार र न्यायिक संस्थाहरुसंग जाेडदार माग गरेकाे छ ।

नेपाली समाज जापानका अध्यक्षद्वय पेम्बा शेर्पा र चण्डिका अमगाईद्वारा संयुक्तरुपमा हस्ताक्षरित बिज्ञप्तिमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी , नेपाल ( People ‘ s Socialist Party , Nepal ) गठन र एकता समय सान्दर्भिक , नेपाली जनताको चाहाना अनुसार र मुलुकलाइ ठिक तरिकाले राजनीतिक नेतृत्व दिनको निमित ऐतिहासिक कार्य भएको ठहर गर्दै यस एकतालाई नेपाली समाज जापान हृदय देखि स्वीकार र स्वागत गरेकाे छ साथै नेताहरुको एकीकृत हने भावना र दुरदर्शि साँचको नेपाली समाज जापान उच्च प्रशंसा गर्दै एकीकृत पार्टीले पहिचानमा आधारित संघीयता , सहभागिता मुलक समाबेसी लोकतन्त्र , बहराज्य सुहाउँदो समाजवाद , सामाजिक न्याय , सुशासन , समृद्वी र बहुसास्कृतिक राष्ट्रवाद बिताया गर्न सक्नेमा पूर्ण विश्वस्त रहेकाे उल्लेख छ । बिज्ञप्ति मार्फत नै काेराेना महामारीबाट दुर्भाग्यवस जापानमा रहनु हुने नेपालीहरुमा कुनै खाले आपत्त – विपत परेमा नेपाली समाज जापानले गर्न सक्ने सबैखाले सहयोग गर्न तयार रहेकाे जनाएकाे छ ।

 

फाेनिज न्युज

The post नेपाली समाज जापानद्वारा प्रधानमन्त्रिको राजिनमा माग्दै विज्ञप्ति appeared first on .



from https://ift.tt/3d2FRDv

No comments:

Post a Comment

Pages