‘कोरोना महामारीले विश्वभर भोकमरीको जोखिम’ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 22, 2020

‘कोरोना महामारीले विश्वभर भोकमरीको जोखिम’

१० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको बताएको छ ।

एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ । डब्ल्यूएफपीका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका १० मुलुकमा भोकमरीको जोखिम उच्च देखिएको छ ।

डब्ल्यूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन अहिले नै तत्काले त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताएका हुन् ।

यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी सबैभन्दा प्रभावित बन्न सक्ने डब्ल्यूएफपीले बताएको छ । गत वर्ष दक्षिण सुडानमा जनासंख्याको ६१ प्रतिशतले खाद्य संकटको सामना गरेका थिए ।

त्यसका साथै पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ । यूएनको सुरक्षा परिषद्को बैठकमा बोल्दै बियसलीले समग्र विश्वभर यो संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताए । उनले यो संकट केही महिनासम्म रहने बताएका छन् । उनले यसबाट बच्नका लागि आफूहरुसँग कुनै समय नरहेको बताएका छन् ।

स्रोत : बीबीसी

The post ‘कोरोना महामारीले विश्वभर भोकमरीको जोखिम’ appeared first on .



from https://ift.tt/2XWvRaE

No comments:

Post a Comment

Pages