शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 24, 2020

शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ  ।

शेर्पा समुदायको महान् सांस्कृतिक चार्ड  ग्याल्पो लोसार  २१४७ औं को  अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस चार्ड पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पु¥याउने बताउनु भयो । “नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो लोसारको  अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ, “महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा ‘च्याक् फो च्यिवा लो २१४७ ले नेपाली नेपाली बीचको एकता, भ्रातृत्व र समभाव वृद्धिमा सकारात्मक सन्देश फैलाउन सकोस् । “मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर  गरी १२ वर्गमा विभाजन गरेर मनाइने लोसारको खुशीयली मा सम्पूर्ण नेपाली शेर्पा समुदाय उल्लासमय ढङ्गबाट नयाँ वर्ष मनाइरहेका छन् । भौगोलिकाताको हिसाबले हिमालदेखि तराईसम्म फैलिएको वाग्मती प्रदेशमा तराईका थारू समुदायदेखि हिमालका शेर्पा समुदाय सम्मको बसोबासले प्रदेशलाई सांस्कृतिक विविधताले समेत सम्पन्न बनाएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

-yohokhabar

The post शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल appeared first on .



from https://ift.tt/38Qev1A

No comments:

Post a Comment

Pages