एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्षद्वारा पत्रकार कुटपिट/सर्वत्र निन्दा र विरोध - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 11, 2020

एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्षद्वारा पत्रकार कुटपिट/सर्वत्र निन्दा र विरोध

गैह्र आवासीय नेपाली संघ पोर्तुगलका वरिष्ठ उपाध्यक्षले पत्रकार समेत रहेका आफ्नै कार्यसमिति सदस्य सविन धिताललाई कुटपिट गरेका छन ।
कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी लिएर एनआरएनको प्रतिनिधित्व गर्दै कार्यक्रममा विशेष अतिथिको रुपमा सम्मान पाएका उनले सोही कार्यक्रममा नै धितालमाथि कुटपिट गरेका हुन । गत फेब्रुवरी ९ मा किराँत राई समाज पोर्तुगलले आयोजना गरेको कार्यक्रमको औपचारिक सत्रमा विशेष अतिथिको रुपमा रहेका उनले सोही कार्यक्रमको सांगीतिक सेसनमा रक्सी पिएर कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
यता कुटपिटबाट पीडित रहेका धिताल भने केही समय मौन बसे । कार्यक्रममा कुटपिट भएको हल्ला सर्वत्र फैलिए पनि पीडित स्वयंले घटना घटेको २४ घण्टापछि मात्रै फेसबुकमा स्ट्याटस लेख्दै आफु एनआरएनको कार्यवाहक अध्यक्षबाट कुटिएको कुरा सार्वजानिक गरेका छन । आफुमाथि कुटपिटको घटना भएता पनि सो बारे हल्ला फैलिएपछि सरोकारपवालाहरुले आपसी समझदारी गराउने अपेक्षा गर्दै २४ घण्टा सम्म आफु मौन बसेको उनको स्पष्टोक्ति थियो । तर पनि सरोकारवालाहरुले आफु पीडित भईकन समेत वेवास्त गरेकोल सार्वजानिक रुपमा आफुलाई प्रस्तुत गर्नुपरेको उनको भनाई छ ।

पीडित सविन धिताको फेसबुक स्ट्याटस

पत्रकार महासंघ युरोप शाखा र चितवन समाज पोर्चुगलको विरोध

कुटपिटको घटनालाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखा र चितवन समाज पोर्चुगलको गर्दै कडा शब्दमा निन्दा गरेको छ । पत्रकार महासंघका अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “बेथिति र विसंगतिविरुद्ध कलम चलाउनु पत्रकारहरूको नैसर्गिक अधिकार हो । पोर्चुगलमा क्रियाशील पत्रकार सविन धितालमाथि गैरआवासीय नेपाली संघ पोर्चुगलकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गरेको सांघातिक हमलाप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछ । गैरआवासीय नेपालीहरूको साझा सामाजिक संस्था हो भनेर दाबी गर्ने उक्त संस्थाको नेतृत्व तहमै रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हुनु वास्तावमै संस्थाको लागि शुभ संकेत होइन ।” त्यसै गरी चितवन समाज पोर्चुगलका अध्यक्ष तुल्सीराम थपलियाद्वारा जारी गरिएको विज्ञप्तिमा पनि समाजमा कुनै प्रकारको गुण्डागर्दी र अराजक क्रियाकलापहरुलाई छुट दिन नहुने भन्दै यो कुटपिटको घटनालाई निन्दा गरेका छन ।

The post एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्षद्वारा पत्रकार कुटपिट/सर्वत्र निन्दा र विरोध appeared first on .



from https://ift.tt/2tMLFQo

No comments:

Post a Comment

Pages