हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले ल्होसार गुथुक साँझ निरन्तरता दिने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 2, 2020

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले ल्होसार गुथुक साँझ निरन्तरता दिने

काठमाडौं  । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले ‘ग्याल्वो लोसार च्याक फो चिवा लो २१४७’ गुथुक साँझ निरन्तरता दिने भएको छ । फागुन ११ र १२ गते विविध सांस्कृतिक प्रस्तुतीका साथमा गुथुक साँझ आयोजना गर्न लागेको हो ।

सोही अवसरमा शेर्पा भाषाको विकास र वरिष्ठ कलाकार स्व. साम्दे शेर्पाको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता समेत हुने संयोजक फुर्लुमु शेर्पाले जानकारी दिइन् ।
‘नेपालको पर्यटन विकास तथा पर्यटकीय भ्रमण वर्ष २०२० शेर्पा समुदायको भूमिका’ अर्थात बलयुल गि युलकोर टोछोम यरेग्य तोङ्गु तङ युलकोर टोछम गि तकोर लो २०२० (ङितोङ ङिश्यु) थोग्ल श्यर्पि चिछोग कि लेगेन’ वक्तृत्वकलाको शिर्षक चयन गरेकोछ ।

प्रतियोगितामा सहभागि हुन नागरिकता र परिचय पत्रको प्रतिलिपी, पासपोर्ट साइजको २ प्रति हालसालै खिचेको तस्वीर, सहभागीहरुको उमेर ३० बर्ष मुनि तोकिएको छ । त्यस्तै, विशुद्ध शेर्पा भाषा मात्र प्रयोग गर्नुपर्ने र लिखित सामग्रीको प्रयोग गर्न भने पाइने छैन । वक्ताले ५ मिनेटभित्र आफ्नो भनाइ राखी सकनुपर्ने जनाएको छ । प्रतिस्पर्धीले कुनै व्यक्ति, जाती, वर्ग, धर्म, सस्कृिी विशेषलाई आक्षेप वा आघात पुग्ने शब्दहरु प्रयोग गर्न समेत नपाइने प्रबधान छ ।

सहभागिले फारम शुल्क वापत  १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले ट्रफि र प्रमाण पत्रका साथमा नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । सहभागि सबैले प्रमाण पत्र भने पाउनेछ ।  फारम भरेका सबै प्रतियोगीहरुलाई शेर्पा भाषा सम्बन्धी विज्ञ र समूदायका लब्धप्रतिष्ठित व्यक्तिहरुद्धारा १ दिने अभिमुखीकरण कक्षा समेत निःशुल्क सञ्चालन हुने बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिइन् ।

चर्चित कलाकारका साथमा र साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण हुने
सोही कार्यक्रममा स्व. साम्दे शेर्पा राष्ट्रिय पुरस्कार समेत प्रदान गर्ने भएको छ । केन्द्रले बार्षिक रुपमा विभिन्न विद्यामा प्रदान गर्ने पुरस्कार नगद राशिसहितको हुनेछ ।
कार्यक्रममा बरिष्ठ कलाकारहरुको प्रस्तुती रहनेछ भने केन्द्रका कलाकारको श्याब्रु नृत्य समेत प्रदर्शन गर्नेछन् । कार्यक्रमलाई दुई दिनसम्म चार जना उद्घोषकले सञ्चालन गर्नेछ ।

राजधानीको ह्यात चौरमा हुने कार्यक्रममा आफ्नो व्यवसाय र शेर्पा परिकारहरुका लागि स्टल समेत बुकिङ खुल्ला भएको अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

The post हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले ल्होसार गुथुक साँझ निरन्तरता दिने appeared first on .



from https://ift.tt/2uZnnTK

No comments:

Post a Comment

Pages