राज्य साम्प्रदायिक भएपछि समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ : सहअध्यक्ष श्रेष्ठ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 12, 2020

राज्य साम्प्रदायिक भएपछि समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २७ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जव राज्य नै साम्प्रदायिक र विभेदकारी हुन्छ समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ भन्ने कुरा बताएका छन् । शनिवार काठमाडौँको चपलीमा भएको एक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

सहअध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झोला बोकेर पहिचानको पक्षधर जस्तो देखाउने नेकपा कार्यकर्ताहरू बास्तवमा पहिचानसहितको सङ्घवादी नभई आफ्नो भोटबैंक गुम्ला कि भनेर जनताका अगाडी साखुल्ले भएका मात्र हुन, खासमा उनीहरू पहिचानको आन्दोलनमा घुसपैठ गरेका भाइसर भएको बताए ।

नेकपाका प्रदेश सभासद्हरूले पार्टीको ह्वीप भन्दै आफूले पहिला दर्ता गरेको नेवाः ताम्सालिङ, नेपालमण्डल लगायतका नामहरू नयाँ नियमावली बनाएर खारेज गर्दा पनि मरेको लाशजस्तो टुलुटुलु हेरेर बसेको आरोप लगाउँदै नेता श्रेष्ठले प्रश्न गरे, ‘केही दिन अगाडी मात्र पार्टीले बाग्मतीको पक्षमा उभिन दवाव दिए राजिनामा गर्छु भन्ने नेकपाका प्रदेश सभासद्हरू अहिले कुन दुलामा लुकेका छन् ?’

देशमा संघीयताविद्को रूपमा समेत परिचित श्रेष्ठले प्रदेशको नामकरणमा केन्द्रले जारी गरेको ह्वीप प्रकरणले नेकपा संघीय ढाँचाको पार्टी नभएको पुष्टी भएको बताउँदै पार्टी केन्द्रले प्रदेश पार्टीको अधिकार खोस्दा पनि नेकपा ३ नम्बरका नेताहरूले गलत निर्णय भए पनि पालना गर्नुको विकल्प छैन भन्नु राजनीतिमा अनैतिकताको पराकाष्ठा भएको बताए ।

पार्टी नै राज्य ठान्ने कम्युनिष्ट प्रवृत्तिप्रति कटाक्ष गर्दै नेता श्रेष्ठले नेकपाको केन्द्रीय सचिवालयले ३ नम्बर प्रदेशलाई बाग्मती प्रदेश नामकरण गर्न निर्देशन दिनु असंवैधानिक मात्र नभई अलोकतान्त्रिक र अधिनायकवादी समेत भएको बताए । उनले संघीय लोकतन्त्रमा पनि परम्परावादी कम्युनिष्टहरूले जस्तै राजकीय पार्टी चलाएर संविधानको धारा २९५ को उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाइ बहुमतले गर्नुपर्ने निर्णय पार्टी केन्द्रले खोसेको बताए ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका श्रेष्ठले सभामुखको निर्वाचन संविधानको धारा ९१ को उपधारा २ अनुसार तुरून्त हुनुपर्ने बताउँदै भने, ‘नेकपाले सभामुख पाउनु आफ्नो पुस्तेनी हक जस्तो ठानेर आफ्नो पार्टीमा सहमती नभएको भन्दै प्रतिनिधिसभालाई बन्धक बनाएकोमा कटाक्ष गरे र भने, ’सभामुख पद नेकपाका कुनै पनि नेताको बाबुको बपौति होइन ।’ उनले उपसभामुखमाथि लिङ्गको आधारमा पार्टी हिंसा भएको समेत बताए ।

The post राज्य साम्प्रदायिक भएपछि समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ : सहअध्यक्ष श्रेष्ठ appeared first on .



from https://ift.tt/2Tt8OlB

No comments:

Post a Comment

Pages