शेर्पा संघ बेलायतले फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 12, 2020

शेर्पा संघ बेलायतले फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै


काठमाडौँ- शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा र गुथुक साँझ फेब्रुअरी २९ गते आयोजना गर्ने भएको छ ।
संघले “शेर्पाहरूको भाषा, धर्म, कला र संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान” भन्ने मुला नारा सहित मनाउन लगेको हो । चिवा ल्हो अर्थात मुसा वर्षलाई स्वगात गर्न लागिएको हो । २१४७ औं ग्याल्पो लोसारको अवसरमा २९ फेब्रुअरी विभिन्न कार्यक्रम सहिते लोसार मनाउने तयारी गरिरहेको शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनु भयो ।


२०१९ डिसेम्बर २२ मा अध्यक्ष साना शेर्पाको नेतृत्वमा लोसार आयोजन समिति र ल्हप्सो आयोजक समितिको संयुक्त बैठकले बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी भएको शेर्पाले जनाएको छ ।
कार्यक्रममा गैर आबसीय संघ बेलायत, नेपाल आदीबासी जानजाती महासंघ बेलायत र अरू जातीय संघ संस्थाका प्रतिनिधिहरुले पनि सहभागीता जनाउने उहाँले बताउनु भयो । कार्यक्रम  नेपालबाट चार्चित गाएक गोम्बु शेर्पालाई लोसर कार्यक्रम निमान्त्रण गर्ने निर्णय गरिएको छ ।
ल्हप्सो पुजा २६ फेब्रुअरी २०२०  बुधवारको दिन बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको गुम्बामा आयोजन गर्ने भएको छ । कार्यक्रमा गुम्बाको लामा तथा स्थानीय लामाहरुको समेत सहाभागिता रहने भएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2slEy0K

No comments:

Post a Comment

Pages