तामाङहरु ताम्सालिङको लागि दीर्घकालीन संघर्षमा जाने : गोले - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 26, 2020

तामाङहरु ताम्सालिङको लागि दीर्घकालीन संघर्षमा जाने : गोले

काठमाडौं, माघ ११  । नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङले आत्मनिर्णयको अधिकार सहितको स्वायत्त ताम्सालिङ निर्माणको लागि अब तामाङहरु दीर्घकालीन संघर्षमा जाने बताए । सोनाम ल्होछार–२८५६ (जिवा÷नाम्युङ ल्हो, मुसा बर्ष)को अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गोलेले यस्तो बताएका हुन् ।

ताम्सालिङ प्राप्तीको लागि निकट समयमा उनले पहिलो चरणमा काठमाडौंको सिंहदरबार अगाडि एकलाख भन्दा बढी तामाङ जनताको शान्तिपूर्ण शक्ति प्रदर्शन गरिने बताए । यो शक्तिलाई राज्यले नजर अन्दाज गरे १०० जना तामाङको टाउकोहरु बम बनेर बिष्फोट हुनेछन् गोलेले अगाडि भने, यसबाट बिगतदेखि बदलिन नसकेको थोत्रो सिंहदरबारमा १० रेक्टरको भुकम्प जानेछ र त्यही खरानीको थुप्रो माथि तामाङको नयाँ इतिहास कोरिनेछ ।

प्रदेश सरकारले ३ नं. प्रदेशको ऐतिहासिक सभ्यतालाई कुल्चेर पञ्चायती नाम ब्युँताउदै बागमती प्रदेश नामाकरण गरेकोमा उहाँको गम्भीर आक्रोश थियो । राणाकाल र पञ्चायत कालमा ऐतिहासिक उत्पीडन भोगेको तामाङ समुदायलाई क्षतिपूर्ति स्वरुप उनीहरुको पहिचानको सम्मान गर्नुपर्नेमा त्यसबाट गणतान्त्रिक सरकार चुकेको गोलेको भनाई थियो ।

अत्यन्तै आक्रोशित र भावुक शैलीमा प्रस्तुत भएका गोलेले अब यो राज्यसत्तासँग अन्तिम हिसावकिताव मिलान गर्नुपर्ने दिन आएको बताए । उनले भने, यो राज्यले मेरो पुर्खालाई भिमफेदीबाट गाडी बोकाएको ज्याला भूक्तानी गर्न बाँकी छ, अब सावाँ ब्याज एकमुष्ट चुक्ता गरिनेछ ।

तामाङले सत्तासँग चर्को कुरा गर्नु आफ्नो अधिकार भएको उहाँको दाबी थियो । अहिलेका शासकहरुले शासन चलाउने सिंहदरबारको प्रत्येक इँटाको टुक्राटुक्रामा आफ्नो पुर्खाको रगत र पसिना बगेको बताउँदै उनले भने, तामाङहरु आगोका भुङ्ग्रो भइसकेका छन् । आगोसँग खेल्ने दुस्साहस गरेमायो राज्यलाई त्यो निकै महंगो पर्नेछ ।

The post तामाङहरु ताम्सालिङको लागि दीर्घकालीन संघर्षमा जाने : गोले appeared first on .



from https://ift.tt/37tRfWA

No comments:

Post a Comment

Pages