सोलुखुम्बुलाई केन्द्रिय विद्युत प्रसारण लाईनमा जोड्ने कार्यक्रममा अवरोध, एक दर्जन मोटरसाईकलमा आगजनी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

सोलुखुम्बुलाई केन्द्रिय विद्युत प्रसारण लाईनमा जोड्ने कार्यक्रममा अवरोध, एक दर्जन मोटरसाईकलमा आगजनी

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको लाम्मानेमा करिब एक दर्जन मोटरसाइकल जलाईएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युतको केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रममा झडप हुदाँ ११ ओटा मोटरसाईकल र एउटा बोलेरोमा स्थानिय तिङलाबासीले आगो  लगाएको बताइएको छ ।

हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्धघाटन गर्न लागेको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानियले कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रम बहिस्कार गरेका विहानै देखि प्रर्दशन गरेका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् । जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । झडपमा केहि मानिसहरु घाईते भएको पनि बताईएको छ । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि अतिथिहरु विच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।

झडप पछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् । शुक्रबार सो क्षेत्रमा हिमपात समेत भएकाले गंलको विच बाटोमा नै अलपत्र हुदाँ यात्रुले साूती खेप्न बाध्य भएको एक यात्रु चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

The post सोलुखुम्बुलाई केन्द्रिय विद्युत प्रसारण लाईनमा जोड्ने कार्यक्रममा अवरोध, एक दर्जन मोटरसाईकलमा आगजनी appeared first on .



from https://ift.tt/3alPPzd

No comments:

Post a Comment

Pages