ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै

काठमाडौँ – ओखलढुंगामा जिल्लामा आवद्ध शेर्पा समुदायको संघसंस्थाहरुले संयुक्त रुपमा लोसार संस्कृतिक कार्यक्रम मनाउँने भएको छ ।

शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ खिजीदेम्बा गाउँपालिका र शेर्पा युवा संघ ओखलढुंगाले संयुक्त आयोजनामा ” भाषा धर्म संस्कृति हाम्रो पहिचान पर्यटन वर्ष २०२० लाई सफल पर्ने हाम्रो अभियान “भने मुल नाराका साथ च्याग फो चिवा लो २१४७ औं ग्याल्पो लोसार अवसरमा ऐतिहासिक बृहत संस्कृति लोसार कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रदेश नं. १ अन्तर्गतका १४ वटा जिल्लाका जिल्ला अध्यक्ष र शेर्पा संघको केन्द्रिय अध्यक्ष लगायतका विशिष्ट ब्याक्तित्वहरुको अतिथ्यतामा यही फाल्गुन २० र २१ गते लोसार कार्यक्रम भब्य रुपमा मनाउन लागिएको प्रचार- प्रसार संयोजक शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगाका सचिब दावा जाङ्बु शेर्पा जानकारी दिनुभयो ।

सो कार्यक्रम राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको समेत सांगीतिक प्रस्तुति र डिजे सेसन सहित स्थानीय कलाकारहरुको प्रस्तुति हुने संयोजक शेर्पाले बताउनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/2ueWomp

No comments:

Post a Comment

Pages