शेर्पा सञ्चार झापा जिल्ला कार्यसमिति गठन : अध्क्षमा आङ दिकु शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 22, 2020

शेर्पा सञ्चार झापा जिल्ला कार्यसमिति गठन : अध्क्षमा आङ दिकु शेर्पा

काठमाडौँ – सञ्चार समूह नेपालको झापा जिल्ला कार्यसमिति गठन भएको छ । शेर्पा संन्चार समुह नेपालका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य मिङमाको उपास्थितिमा माघ ७ गते आङ दिकु शेर्पाको अध्यक्षतामा ११ सदस्य शेर्पा सञ्चार समूह नेपाल झापा जिल्ला कार्य समिति गठन गरिएको छ ।

नयाँ कार्य समितिमा उपाध्यक्षमा किमा,लाक्पा शेर्पा चयन हुनुभएको छ । त्यस्तै सचिबमा पासाङ शेर्पा,सहा(सचिब ( शिक्षा शेर्पा, कोषाध्यक्ष लक्चुङ शेर्पा तथा सदस्यहरुमा दाफुटी शेर्पा, नरमाया शेर्पा,पासाङ चोमु शेर्पा,र डोमा शेर्पा चयन हुनुभएको महासचिब पासाङ शेर्पाले जानकारी दिनु भयो ।

संस्थाले यस अघि तप्लेजुङ , खोटाङ सोलुखुम्बु ,रामेछपा,ओखलढुङ्गा जिल्लामा शाखा गठन गरि सकेको छ ।  शेर्पा सञ्चारले बार्षिक रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
संस्थले शेर्पा समुदाय रहेको सबै जिल्लामा शाखा विस्तार गर्ने योजना लिएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2NRqyTL

No comments:

Post a Comment

Pages