नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन हुनेछ ।
साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन् । गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो ।
तलब बढेसँगै दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिकसँगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले चुनावी प्रचारका बेला सन् २०२० सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन अर्थात झन्डै एक हजार रुपैयाा बनाउने जनाएका थिए ।
सोही प्रतिबद्धताअनुसार गत वर्ष सरकाले ११ प्रतिशत तलब बढाएर १७ लाख ४५ हजार १ सय ५० वन बनाएको थियो । एक्कासि धेरै तलब बढाएको भन्दै यहाँका साना तथा मझौला उद्योगहरुले विरोध जनाएपछि यो वर्ष थोरै मात्र तलब बढाएको हो ।
The post नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे appeared first on .
from https://ift.tt/2rLnZec
No comments:
Post a Comment